coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

आलमको समर्थनमा 'मौन जुलुश'

रौतहट - बम विस्फोट र घाइतेहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफताब आलमको समर्थनमा उनका समर्थकले मौन जुलुश गरेका छन्। आलमलाई थप ८ दिन थुनामै राख्न जिल्ला अदालत रौतहटले तेस्रो पटक म्याद थप गरेपछि उनका समर्थकले मुखमा कालो पट्टी बाँधेर जुलुश निकालेका हुन्।  

जुलुशमा सहभागी समर्थकले अनावश्यक धरपकड बन्द गर, विधिको शासन कायम गर, निष्पक्ष र धाधलीरहित छानविन गर, निर्दोष आलमलाई रिहा गर लगायतका प्ले कार्ड बोकेका थिए।

पहिलो संविधानसभा निर्वाचन २०६४ को पूर्वसन्ध्यामा आलमले बनाउन लागाएको बम पडकिँदा घाइते भएका दर्जन बढी मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप लागेको छ।

प्रकाशित: ८ कार्तिक २०७६ ०७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App