coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आठ दिन म्याद थपिएपछि आलमले के भने? (भिडियाेसहित)

रौतहट - इटा भट्टीमा पोलेर मान्छे मारेको आरोप लागेका कांग्रेस नेता तथा निलम्बित सांसद मोहम्मद अफताव आलमले आफ्नो गिरफ्तारी असान्दर्भिक भएको बताएका छन्। तेस्रो पटक अनुसन्धानको लागि जिल्ला अदालतले आठ दिनको म्याद थपेपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। जिल्ला अदालत बाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने, ‘ मेरो गिरफ्तारी असान्धर्भिक हो। यो गिरफ्तारी कानुनी राज्यको अवधारणा र संविधानको पनि ठाडो उल्लंघन हो। राजनीतिक प्रतिशोधबाहेक केही पनि होइन।’

आलमलाई थप आठ दिन थुनामै राख्न जिल्ला अदालतले अनुमति दिएको छ। तेस्रो पटक अनुसन्धानको लागि थप आठ दिनको म्याद थपिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए।

पहिलो संविधानसभा निर्वाचन २०६४ को पूर्वसन्ध्यामा आलमले बनाउन लागाएको बम पडकिँदा घाइते भएका दर्जन बढी मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप लागेको छ। प्रहरी हिरासतमा रहेका आलमलाई सर्बोच्च अदालतको आदेशमा रौतहट प्रहरीले असोज २६ गते ईदरिस गेटबाट पक्राउ गरेको थियो।

प्रकाशित: ८ कार्तिक २०७६ ०६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App