७ वैशाख २०८१ शुक्रबार
समाज

'विप्लव' समूहका तीन जना कार्यकर्ता पक्राउ

दमौली – नेत्रविक्रम चन्द 'विप्लव' समूहका तीन जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द समूहको पार्टीका स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुली, जिल्ला सदस्यद्वय सागर अर्याल र जीवन क्षेत्री रहेका छन्।

जिल्ला प्रशासन कार्यालय तनहुँको आदेशमा धरौटी बुझाएर रिहा भएलगत्तै उनीहरुलाई प्रहरीले प्रशासन कार्यालयको परिसरबाट बिहीबार पक्राउ गरेको हो। प्रशासन कार्यालयले उनीहरुलाई जनही रु एक हजार धरौटी बुझाएर तारेखमा रिहा गर्ने आदेश दिएको थियो।

उनीहरुको विरुद्धमा जिल्ला प्रहरी कार्यालय लमजुङमा अर्को मुद्दा भएका कारण प्रहरी कार्यालय लमजुङको पत्राचारअनुसार पुनः पक्राउ गरी लमजुङ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

अभद्र व्यवहारको मुद्दामा उनीहरु गत असोज १५ गतेदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका थिए। यसअघि उनीहरुलाई असोज १५ गते जिल्ला प्रशासन कार्यालय कास्कीको आदेशमा रिहा भएलगत्तै पुनः पक्राउ गरी तनहुँ ल्याइएको थियो। रासस

प्रकाशित: ८ कार्तिक २०७६ ०५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App