७ वैशाख २०८१ शुक्रबार
समाज

हिमालको काखबाट विश्व शान्तिको कामना

फक्तालुङहिमालको काखमा रहेको पुँजा स्थल। यो ठाँउलाई लिम्बु भाषामापारुहाङ समेत भनिन्छ। तश्विर गिरिराज बाँस्कोटा/नागरिक

घुन्सा (ताप्लेजुङ) - समुद्र सतहदेखि ४ हजार ५ सय ५० मीटर उचाईसम्म उकालो हिँडेर लखतरान हुँदै पुगेकाहरुको अनुहारमा पनि खुसी छल्किएको देखिन्थ्यो। हिमाली क्षेत्रको कष्टकर पदयात्रा गरेर फक्तालुङ हिमालको फेदिमामा रहेका पारुहाङमा पुगेपछि पवित्र स्थानमा पुगेको खुसीले रमाएकाहरु प्रसस्त भेटिए। उनीहरु ५ हजार मीटर उचाईमा रहेको मारुहाङमा समेत पुग्ने मानसिकतामा थिए।

मुन्धुममा समेत वर्णित पवित्र स्थल फक्तालुङका काखमा पुग्नेको लर्को ताप्लेजुङको रानीपुलदेखि माथिसम्म नै देखिन्थ्यो। नेपालका विभिन्न ठाँउ तथा भारत, भुटान लगायका देशका दर्शनार्थीहरु पनि गरुङ्गो भारी बोकेर हिडिरहेका देखिन्थे। हरेक वर्ष फक्तालुङमा दर्शन गर्न जाने चलन छ। तर यो पल्ट यहा ँविश्व शान्ति तथा मानव कल्याणका लागि विशेष पुँजा आयोजना भएकाले पर्यटकहरुको आगमन ह्वात्तै बढेको हो।ताप्लेजुङको फक्तालुङ गाँउपालिकामा पर्ने फक्तालुङको काखमा सात दिने विशेष पुँजा आयोजना भएको थियो।

कम प्रचारमा आएको उक्त स्थानमा खम्बाचेनसम्म कञ्चनजंगा पदमार्ग भएर जानुपर्छ। खम्बाचेनदेखि फक्तालुङ जाने अर्को बाटो रहेको  छ। यो पल्ट हिमालको काखबाट विश्व शान्तिको कामना गर्दै पुँजा भइरहेको छ। मंगलबारदेखि सुरु भएको पुँजा कार्तिक ११ गतेसम्म चल्ने छ। हिमाल आखैँ अगाडि टल्कीएको छ भने निक्कै महत्वका साथ पुजीने ढुंगा अगाडि रहेको छ। ‘किरात धर्मालम्बीहरुले यो ठाँउलाई उत्पदीको थलोको रुपमा लिन्छौँ। हरेक वर्ष यहाँपुँजा हुन्छ। पितृदेव, मातृदेवको रुपमा पुज्दै आहिएको छ। विशेष गरी मुन्धुमसँग जोडिएको छ’ पुँजाव् यवस्थापन समितिका सचिव ज्ञानु चरपेले भने ‘पहिलो पल्ट महागुरु फाल्गुनन्दले १९९३ सालमा किरात धर्मालम्बीको साथमा पहिलो चोटी तिर्थ ब्रत गर्नु भएको थियो। यो पल्ट अत्यान्त ठुलो कार्यक्रम भएका हो।’

पुँजाका लागि धर्म गुरु आत्मानन्द लिङदेन, पवित्राहाङ्मा लिङदेनको समेत उपस्थिति छ। पुँजागर्नलाई पुगेका ठूलो संख्याका दर्शनार्थीलाई यहाँ रहेको पार्टी र अन्य रुपमा व्यवस्थापन गरीएको छ। यहाँ आउने दर्शनार्थीलाई शुल्क लिएर हेलिकप्टरको व्यवस्था गरीएको छ। फक्तालुङ हिमालको रुपमा विशेष आरधना गरिन्छ। लिम्बु भाषामा फक्तालुङ, नेपालीमा कुम्भकर्ण र अग्रेजीमा जान्नु हिमाल भन्ने गरेको पाइन्छ।

यो क्षेत्र प्राकृतिक रुपमा समेत अत्यन्त सुन्दर छ। विभिन्न हिमाली दृष्य तथा हिमाली भुवनोट आर्कषक मानिन्छ। खम्बाचेनसम्म होटलहरु प्रवन्ध भए पनि त्यो भन्दामाथि छैनन्। प्रचारको अभावमा विदेशी पर्यटकहरु कमै।मात्र यहाँपुग्ने गरेका छन्। यो विशेष पुँजाले प्रचार बढाउने अपेक्षा रहेको पाइन्छ।

‘धार्मिक महत्व रहेको यो क्षेत्र प्राकृतिक रुपमापनिउत्तिकै सुन्दर छ। हिमालको संरचना, धार्मिक आस्था तथा प्राकृतिक सुन्दरताले यो क्षेत्रको प्रचार हुन सके ठुलो संख्यामा पर्यटक आउने देखिन्छ’ समृद्ध पहाडको वित्त तथा दिर्घकालीन पर्यटन विकास परियोजनाका कार्यक्रम संयोजक सुदिप श्रेष्ठ भन्छन् ‘पर्यटन वर्ष २०२० को सन्दर्भमा विशेष प्राथमिकतामा राखेर प्रचार, पूर्वधारको विकासमा जोड दिनु आवश्यक देखिएको छ।’

विभिन्न धर्मालम्बीहरुले आँस्थाअनुसार पुँजा गर्ने गरेको स्थानीयले बताए। पाको उमेरका तथा तन्नेरीहरु फक्तालुङको दर्शन तथा पुँजाका लागि उत्साहित भएर हिडिरहेका देखिन्थ्ये। पवित्र फक्तालुङ हिमालको काखबाट विश्व शान्तीको आव्हान तथा पुँजा गरिएको आयोजकका एक लेखबहादुर पालुङवाले बताए। उनकाअनुसार यो ठाँउलाई मानवउ त्पतीको थलो मानिन्छ। यहाँ महागुरु फाल्गुनन्दले पटक पटक पूजा गरेको इतिहास पाइन्छ।  पूजा हुने स्थान सडक सुविधादेखि निक्कै टाढा भ्उ पनि झकिझकाउ गरी सजाइएको छ। मान्छेले बोकेर तथा खच्चडलाई बोकाएर समाना लगिएको छ। भारतको दार्जेलिङ, सिक्खिम तथा भुटानबाट उलेख्य संख्यामा दर्शनार्थीहरु आएका छन्। भुटानबाट आएका रामबहादुर राईले विशेष आस्थाको थलो भएको सुनाए। ‘भुटानदेखि आएको एक महिना भयो।कावेलीदेखि पुँजागर्दै तिम्ब ुपोखरी हुँदै यहाँ आएका हौ’ उनले भने ‘यो महत्पूर्ण थलोको रुपमा रहेको विश्वास छ।’

ताप्लेजुङको रानीपुलदेखि पदयात्रा गर्नुपर्छ।उमेर ढल्किएकाहरु प्नि निक्कै दुख गरेर हिडिरहेका देखिन्थे। इलामबाट आएकी ५६ वर्षीया विमला लिम्बुले आफ्नो गाँउबाट ठूलो संख्यामा दशनार्थी आएको सुनाइन्।  रानी पुलबाट लगातार हिमाली क्षेत्रको तीन दिनको यात्रागर्दा सो क्षेत्रमा पुगिन्छ। कञ्चजंङ्गा वेश क्याम्प जाने बाटो भएर खम्बाचेन भन्ने ठाँउसम्म पुगेर कुम्र्भकर्ण हिमालको लागि पदयात्रा गर्नुपर्छ। कठिन भुगोल तथा पूर्वाधार विकास नहुँदा समस्या देखिन्छ। सृष्ट्रिकर्ता पारुहाङ र मारुहाङको विशेष पुँजा हुने गर्छ।पुँजा हुने तथा आर्कषक हिमालको काख भएको सुनेपछि युरोप तथा अमेरीका लगायतका देशबाट आएका पर्यटकहरु त्यहाँ पुगेका छन्।

प्रकाशित: ८ कार्तिक २०७६ ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App