coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बार्सिलोनाले जित्दा मेसीको कीर्तिमान

पेरिस – इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल र चेल्सीले बुधबार च्याम्पियन्स लिगअन्तर्गत आआफ्ना खेलमा जित निकाल्दा लियोनल मेसी, ड्यारिस मार्टिन्स र युवा खेलाडी एर्लिङ ब्राउट हल्यान्डले उत्कृष्ट गोल गर्दै आआफ्नो टोलीलाई जित दिलाए।

साबिक विजेता लिभरपुलले जिन्कलाई ४–१ ले पराजित गर्दा चेल्सीले आयाक्समाथि १–० को रोमाञ्चक जित निकाल्न सफल भएको हो।  बुधबारै सम्पन्न अर्को खेलमा बार्सिलोनाले स्लाभिया प्रागमाथि २–१ को जित निकाल्दा मेसीले इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगमा लगातार १५ सिजनमा गोल गर्ने पहिलो खेलाडी बन्दै नयाँ कीर्तिमान बनाएका छन्।

यस्तै अर्को खेलमा डेराइस मार्टिन्सले म्याराडोनाको कीर्तिमानलाई भंग गर्दा नेपोलीले च्याम्पियन्स लिगमा र सेल्जबर्गमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ। ३२ वर्षका मार्टिन्सले दुई गोल गरेपछि अर्जेन्टिनी लिजेन्ड म्याराडोनाको १ सय १६ गोलको सर्वाधिक दोस्रोको कीर्तिमान भंग भएको थियो। मार्टिन्स पहिलो स्थानका मारेक हामसिकभन्दा ५ गोलले पछाडि छन्।

समूह ‘ई’ मा रहेको लिभरपुललाई फराकिलो जित दिलाउन एलेक्स ओक्सलादे चेम्बरलिनले दुई, साडियो माने र मोहमद सालाहले १÷१ गोल गरे। प्रिमियर लिगमा अपराजित टोली लिभरपुलले यसअघि म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्दै अंक बाँडेको थियो। सुरुआतबाट नै दबाबमा राखेको भ्रमणकारी लिभरपुलले दोस्रो मिनेटमा चेम्बरलिनको गोलबाट अग्रता लिएको थियो। पहिलो गोल दोस्रो मिनेटमा गरेको लिभरपुलले दोस्रो गोल गर्न भने दोस्रो हाफ नै पर्खिनुप¥यो।

खेलको ५७आंै मिनेटमा चेम्बरलिनले नै गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए। साडियो मानले ७७औं मिनेटमा गोल गर्दै लिभरपुलको अग्रता ३–० मा पु¥याए। घरेलु टोलीमाथि प्रभाव देखाइरहेको लिभरपुलका लागि खेल सकिन तीन मिनेट बाँकी रहँदा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई ४–० ले अघि बढाएका थिए। तर लगत्तै घरेलु टोलीले ८८औं मिनेटमा सान्त्वना गोल फर्कायो।

लिभरपुलले आगामी आइतबार प्रिमियर लिगमा टोटेनह्यामसँग प्रतिस्पर्र्धा गर्नेछ। जितपछि लिभरपुलले समूह ‘ई’ को दोस्रो स्थानमा पुगेको छ। लिभरपुलको ३ खेलबाट ६ अंक जोडेको छ। शीर्ष स्थानको नेपोलीको ७ अंक छ भने जेन्क १ अंकसहित समूह तालिकाको पुछारमा छ।

च्याम्पियन्स लिगअन्तर्गत बुधबारै डच क्लब आयाक्सको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन मिचे बात्सुईले ८६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेकी बात्सुईले टोलीलाई विजयी गोल गर्न सफल भएका थिए। यसअघि ३५औं मिनेटमा आयाक्सले गोल गरे पनि भिडियो सहायक रेफ्री (भिएआर) ले मान्यता दिएको थिएन। यससँगै नेदरल्यान्ड्स भ्रमण गरेको चेल्सीले अवे खेलमा जित आत्मसात् गर्न असफल भएको छ। खेल अवधिभर प्रभावशाली खेल प्रदर्शन गरेको चेल्सीले समूहतालिकामा ६ अंक बनाएको छ। आयाक्ससँग समान ६ अंक भएको चेल्सी समूहतालिकाको दोस्रो स्थानमा छ भने आयाक्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ।

च्याम्पियन्स लिगअन्तर्गत समूह ‘एफ’ को खेलमा बार्सिलोनाले मेसीको कीर्तिमानी गोलमा स्लाभियामाथि २–१ को जित निकालेको हो। भ्रमणकारी टोली बार्सिलोनाले दोस्रो मिनेटमा नै मेसीको गोलबाट अग्रता लिएको थियो। मेसीले च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्न पहिलो खेलाडी बन्ने कीर्तिमान राख्दा बार्सिलोनाले जित निकाल्न सफल भएको हो। आर्टुरो भिडालको पासलाई सदुपयोग गर्दै मेसीले टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। स्लाभियाका लागि जान बोरिलले ५०औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल गर्दै लयमा फर्किएको संकेत देखाएका थिए।

५७आंै मिनेटमा स्लाभिया पिटर ओलायिन्काको उपहार गोलमा अग्रता बनाउँदै बाँकी समयमा कायम राख्दा जित निकाल्न सफल भएको हो। यस जितसँगै बार्सिलोना समूहतालिकाको शीर्ष स्थानमा पुगेको छ। समूह ‘एफ’ बाट शीर्ष स्थानको बार्सिलोनाले ७ अंक जोडेको छ। सोही समूहमा बुधबारै भएको खेलमा इन्टर मिलानसँग २–० ले  पराजित भएको बोरुसिया डर्टमन्ड ४ अंकका साथ समूहतालिकाको दोस्रो स्थानमा छ। पहिलो जित निकालेको इन्टर समान ४ अंक भए पनि गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ। उता बार्सिलोनासँग पराजित स्लाभिया १ अंकका साथ पुछारमा छ।

यस्तै समूह ‘जी’ को खेलमा आरबी लिपजिकले जेनिट सेन्ट पिटर्सबर्गलाई २–१ ले पराजित गर्दा सोही समूहको अर्को खेलमा बेनफिकाले पनि लियोनलाई समान २–१ ले पराजित ग¥यो। समूह एचमा लिल र भ्यालेन्सियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे। डच क्लब आयाक्सको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन मिचे बात्सुईले ८६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

प्रकाशित: ८ कार्तिक २०७६ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App