८ वैशाख २०८१ शनिबार
अन्य

नेकपा एमालेसहित विपक्षी दलद्वारा संसद अबरोध

बिहीबार बसेकाे व्यवस्थापिका संसद बैठक अबराेध गर्दै प्रतिपक्ष दलका सांसदहरू। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–प्रमुख प्रतिपक्ष एमालेले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको चर्को विरोध गरेको छ। बिहीबार बसेको व्यवस्थापिका संसद बैठकमा एमाले उपाध्यक्ष बामदेव गौतमले सरकारले तराईलाई मुलुकबाट अगल गर्ने गरी संशोधन प्रस्ताव ल्याएको भन्दै आपत्ति जनाए। उनले  यस्तो प्रस्ताव कुनै पनि हालतमा अगाडि बढ्न नदिने भन्दै  संसद अबराेध गर्ने जनाउ दिएका थिए।

गौतमले मुलुकमा निर्वाचन गर्नुपर्ने बेला सरकारले देशलाई अर्कै दिशातर्फ मोड्न र निर्वाचन नहुन दिन सरकारले संशोधन प्रस्ताव दर्ता गरेको आरोप लगाए।  उनले नेकपा एमाले, नेकपा माले, नेमकिपा तथा राजमोलागतका दलले व्यवस्थापिका संसद बैठक अबरोध गरेका हुन्। उनीहरुले आफ्नो आशनबाट उठेर विरोध गरेका थिए।  सभामुखले संविधान संशोधन प्रस्तावको विषयमा कार्यसूचिमा नरहेको भन्दै आशन ग्रहण गर्न आग्रह गरेकी थिइन्। तर प्रतिपक्ष दलहरुले नमानेपछि संसद बैठक शुक्रबार दिउँसो  ३ बजेसम्मकालागि स्थगित गरेकी छन्।

सरकारले मंगलबार संसदमा दर्ता गराएकाे संशाेधन विधेयककाे मधेसी माेर्चालेसमेत विराेध गरेकाे छ। मधेसी माेर्चाकाे माग सम्बाेधन गर्न भन्दै ल्याइएकाे संशाेधन प्रस्ताव माेर्चाले नै नस्वीकार्ने निर्णय गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार माेर्चा नेताहरूसँग परामर्श गरेका थिए। प्रधानमन्त्रीले संशाेधन प्रस्तावलाइ समर्थन गर्न अाग्रह गर्दै निर्वाचनमा अाउन अाग्रह गरेका थिए।

संशाेधन प्रस्तावकाे चाैतर्की विराेध भइरहेका बेला बुधाबर बसेकाे एमाले संसदीय दलकाे बैठकले संशाेधन प्रस्ताव संसदमा पेश हुन नदिने निर्यण गरेकाे थियाे। एमालेकाे साेही निर्यण अनुसार बिहीबार बसेकाे व्यवस्थापिका संसद बैठक विपक्षी दलहरूले अबराेध गरेका हुन्।

प्रकाशित: १६ मंसिर २०७३ ०७:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App