५ वैशाख २०८१ बुधबार
राजनीति

ओलीको नेपालगन्ज आउने कार्यक्रम स्थगित

नेपालगन्ज–नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेपालगन्ज आउने कार्यक्रम अचानक स्थगित भएको छ। मदन भण्डारी फाउण्डेशन बाँकेले पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको प्रमुख आतिथ्यतामा बिहीबार ‘विकासमा हाम्रो सरोकार तथा सम्मान कार्यक्रम’ राखेको थियो।

फाउण्डेशनका संरक्षकसमेत रहेका ओलीले स्वास्थ्य समस्याको कारण देखाउँदै अचानक यहाँ आउने कार्यक्रम स्थगित गरेका हुन्। फाउण्डेशन बाँकेका अध्यक्ष सूर्य ढकालले स्वास्थ्यको समस्याले गर्दा पार्टी अध्यक्ष आउन नसकेको बताए। ओलीको ठाउँमा नेता शंकर पोखरेल प्रमुख अतिथीका रुपमा उक्त कार्यक्रममा सहभागी छन्।

ओलीको प्रमुख आतिथ्यतामा हुने भनिएको कार्यक्रमका विषयमा दुई समूहबीच पार्टी भित्रै विवाद भएपछि कार्यकर्ता अन्यौलमा परेका थिए । फाउण्डेशनले उक्त कार्यक्रम पार्टी कार्यालयको सभाकक्षमा सम्पन्न गर्ने निश्चित गरी कार्यकर्तालाई निमन्त्रणा गरेपनि अन्तिम समयमा पार्टीको जिल्ला नेतृत्वले कार्यक्रम गर्ने ठाउँ नदिएपछि स्थानीय भेरी प्राविधिक शिक्षालयमा सारिएको थियो ।

फाउण्डेशन बाँकेका अध्यक्ष ढकालले पार्टी कार्यालयमा कार्यक्रम गर्न नदिएर जिल्ला नेतृत्वले पार्टीका केन्द्रीय नेताको अपमान गरेको  बताएका छन्।  फाउण्डेशनका अध्यक्ष ढकाल ओली समूहका हुन्। एमाले बाँकेको अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत कार्यसमिति पदाधिकारीमा वरीष्ठ नेता माधव नेपाल समूहको बर्चश्व छ। एमाले बाँकेका अध्यक्ष अशोक कोईरालाले मदन भण्डारी फाउण्डेशन पार्टीको आधिकारीक संगठन भएको बताएका छन् ।
 

प्रकाशित: १६ मंसिर २०७३ ०७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App