५ वैशाख २०८१ बुधबार
खेल

तिलोत्तमा प्रिमियर लिग : रेन्बो ज्ञानोदयलाई उपाधि

भैरहवा– रुपन्देहीमा जारी सर्वोतम प्रिमियर लिगको उपाधि रेन्बो ज्ञानोदय गोल्डस्ले जिेतेको छ।

बिहीबार सम्पन्न फाइनल खेलमा मणिग्रामकिंगसलाई ८ विकेटले पराजित गर्दै ज्ञानोदयले उपाधि चुमेको हो। उपाधिसँगै ज्ञानोदयले नगद ४ लाखसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। 

अहिले सम्मका सहभागी सबै खेलमा जित हासिल गर्दै आएको जित हसिल गर्दै आएको ज्ञानोदयले उपाधिका लागि मणिग्राम किङ्ससँग प्रतिस्पर्धा गरेको थियो।  ८८ रनको लक्ष्य पाएको ज्ञानोदयले ९ दशमलव १ ओभरमा पुरा गर्देै उपाधिमा कब्जा जनाएको हो। ज्ञानोदयका सिद्धान्त राजशाही र कमल ओलीको बलिङले मणिग्राम किङसका ब्याटस म्यानहरु क्रिजमा टिक्न सकेनन्। 

मणिग्रामलाई सस्तैमा समेट्नका लागि ज्ञानोदयका सिद्धान्त राजशाहीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरको खेलमा १ मेडन सहित ६ रन खर्चेर ३ विकेट लिन सफल भए। त्यस्तै, ४ ओभरको खेलमा १९ रन खर्चिदै कमल ओलीले पनि ३ विकेट लिएका थिए।

टिमका लागि जितेन्द्र शहानीले ४ ओभरको खेलमा २५ रन खर्चिंदै २ विकेट लिएका थिए भने दिवानपुन र प्रतिस जिसीले समान १/१ विकेट लिएका थिए। 

ब्याटिङ्गतर्फ ज्ञानोदयका शंकर रानाले २८ बलमा सर्बाधिक नटआउट ४० रनको योगदान गरे। त्यस्तै देव खनालले ३३ रनको पारि खेले।  

प्रतियोगितामा सिद्धान्त राज साहीले म्यान अफ द म्याचको उपाधि जिते भने कमल ओली मष्टभ्यालुएवल खेलाडी बने। 

प्रतियोगितामा सियारी राइनोज सबैभन्दा अनुशासित टिम बन्न सफल भएको छ भने प्रतियोगितामा ज्ञानोदय गोल्डस्का शंकर रानाले म्यानअफ द सिरिज र बेष्ट ब्याटस् म्यानको उपाधि जिते। त्यस्तै ज्ञानोदयकै प्रतिष जिसि बेष्ट बलर बने। यसैगरि रुपन्देहीपल्टन्स्का बिराट भण्डारी उदियमान खेलाडी बनेका छन भने बुटवल युनाइटेडका कुशल मल्ल सबै भन्दा बढि छक्का प्रहार गर्ने खेलाडीको उपाधि जिते। उनले प्रतियोगिता भर १३ छक्का प्रहार गरेका थिए। 

तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा गत असोज २५ गते शुरु भएको प्रतियोगितामा प्रदेश नम्बर ५ का १० टिमको सहभागिता रहेको थियो। लिग चरणमा सम्पन्न खेलमा उपधिको उपबिजेता मणिग्राम किंगस्ले नगद २ लाख सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। 

प्रकाशित: ७ कार्तिक २०७६ १४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App