coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, दुई घाइते

रोल्पा– रोल्पामा माटोको ढिस्कोले पुरीएर एक किशोरीको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। घर लिप्ने माटो खन्न रोल्पा नगरपालिका–३ खुमेल कमेरीधारा गएका सुनिलस्मृति गाउँपालिका ५ काभ्राकि १८ बर्षीया पबित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। उक्त घटनामा परि सुनिलस्मृति गाउँपालिका ५ काभ्राकै १६ बर्षिया सिता घर्ती र २२ बर्षिया भाबना रोका गम्भिर घाइते भएका छन्।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरि बुटवल रिफर गरिएको रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुङले बताए। दिउँसो १ बजेतिर कमेरो खन्न गएका उनीहरुलाई माथिबाट झरेको माटोको ढिस्कोले पुरेको थियो। माटोले बनेका घरहरु पोत्नका लागि चाडबाडका समयमा माटो खन्न जाने चलन रहेको छ। एकै गाउँका एक जनाको मृत्यु र दुई जना घाईते भए पछि यतिखेर काभ्रा गाउँ शोकमा डुबेको छ।

प्रकाशित: ७ कार्तिक २०७६ १३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App