coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस नेताहरुको आरोप : सरकार कम्युनिस्ट सत्ता निर्माणमा लाग्यो

काठमाडौं-  नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकार नेपालमा कम्युनिस्ट सत्ता निर्माणमा लागेको आरोप लगाएका छन्।

नेपाल वित्तिय संस्था कर्मचारी संघले बडा दशै, दीपावली, छठ एवं नेपाल सम्बत्का अवसरमा विहिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले कम्युनिस्ट सत्ता निर्माण गर्ने सरकारको कार्यशैलीको प्रतिकारका लागि एकजुट हुन पनि आव्हान गरे। नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार बहुमतको आधारमा आफूलाई कम्युनिष्टीकरण  गर्ने कोशिसमा लागेकाले त्यस तर्फ कांग्रेस संवेदनशील बन्नुपर्ने आवश्यकता औल्याए। नेपालका कम्युनिस्टहरुले पनि जनताको सर्वोच्चता मान्नेछन् भन्ने आकलन गरियो भने भविश्यका लागि धेरै नै प्रत्युत्पादक हुने भन्दै उनले त्यस विरुद्ध एकजुट हुनुपर्ने बताए।

नेता शेखर कोइरालाले वर्तमान अवस्थामा लोकतन्त्र कमजोर अवस्थामा रहेको र सत्ता कब्जा गर्ने नियतले सरकार अघि बढेको बताए। राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान, सम्पत्ति सुद्धिकरण लगायत संरकारका अंगहरुलाई प्रधानमन्त्रीले आफुमात ल्याएर सर्वसत्तावाद तर्फ उन्मुख भएको उल्लेख गरे।

त्यसैगरी सचेतक पुष्पा भुसालले नेपाली कांग्रेस कम्युनिस्ट भन्दा फरक हो भन्ने मान्यता स्थापित गर्नका लागि प्रजातन्त्र संरक्षणको दायित्वबोधका सबै प्रजातन्त्रका पक्षधरहरु एकठाउमा उभिनुपर्ने बताए।

युवा नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टीको सरकार सरकारको भर्‍याङ चढेर नेपालमा कम्युनिस्ट सत्ताको निर्माण गर्न उद्दत रहेको बताए। उनले संविधानले दिएको क्षेत्राधिकार भन्दा बाहिर गएर सबै संस्थाहरलाई नियन्त्रणमा लिने बाटोमा अघि बढेको सरकारले संसदलाई आफ्नो छाँया बनाएको तथा न्यायलय पनि सरकारसंग डराएको अवस्थामा रहेको टिप्पणी गरे।

उनले भने “नेकपाको सरकार सरकारको भर्‍याङ चढेर नेपालमा कम्युनिस्ट सत्ताको निर्माण गर्दैछ। सरकार संविधानले दिएको क्षेत्राधिकार भन्दा बाहिर गएर सबै संस्थाहरुमा विसतारै नियन्त्रण गर्ने बाटोमा उद्द्त छ। नेपालको अदालत सरकारसंग डराएको अवस्था छ। नेपालको संसदलाई सरकारले आफ्नो छाँया बनाएको छ। जनताको अधिकारलाई संसद भित्रबाट एक पछि अर्को कानुन बनाएर  खोस्दैछ। ”

उनले नेपालमा कम्युनिस्टको सत्ता निर्माण गर्ने कुरालाई कांग्रेसले स्वीकार गर्न नसक्ने भन्दै प्रतिकारका लागि तयारी अवस्थामा रहन सबैलाई आग्रह गरे।  

प्रकाशित: ७ कार्तिक २०७६ ११:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App