४ वैशाख २०८१ मंगलबार
राजनीति

प्रधानमन्त्री दाहालको पत्रकार सम्मेलन रद्द

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले आज २ बजे गर्ने भनेर तोकिएको पत्रकार सम्मेलन रद्द भएको छ। प्रधानमन्त्री कार्यालयले बिहीबार बिहानै सूचना जारी गर्दै २ बजेका लागि पत्रकार सम्मेलन रहेको जानकारी गराएको थियो।

प्रधानमन्त्री दाहाल सत्ता गठबन्धन र मधेसी मोर्चाका नेताहरुसँग सहभागी भएका थिए। बैठक सकिएपछि प्रधानमन्त्रीको सचिवालयले पत्रकार सम्मेलन रद्द भएको जानकारी दिएको हो।

बालुवाटारले प्रधानमन्त्रीको पत्रकार सम्मेलन रद्द गर्नुको कारण खुलाएको छैन। ‘विशेष कारणबस पत्रकार सम्मेलन रद्द गरिएको हो’, निजी सचिवालयले भनेको छ।

 

प्रकाशित: १६ मंसिर २०७३ ०६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App