७ वैशाख २०८१ शुक्रबार
राजनीति

तिहारको भोलिपल्ट सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं– सरकारले तिहारको भोलिपल्ट अर्थात कात्तिक १३ गतेका लागि सार्वजनिक विदा दिएको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेवाः समुदायको भाइटिका (किजापूजा)का लागि कात्तिक १३ गते विदा निर्णय गरेको गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिए। 

सरकारले पञ्चाङ्ग निर्णायक समितिको निर्णयअनुसार तिहारमा कात्तिक १०, ११ र १२ गते मात्र विदा दिएको थियो। नेवाः समुदायले आफूहरुको भाइटीका (किजापूजा) कात्तिक १३ मा विदा दिन माग गरेका छन्।

नेवाः समुदायका तर्फबाट विदाको माग गर्दै संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश तीनका सांसद अजयक्रान्ति शाक्य, राजेश शाक्य, काठमाडौँ महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनलगायतको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट समेत गरेको थियो। 

भेटमा ओलीले विदाका सम्बन्धमा उचित निर्णय हुने सकारात्मक जवाफ दिएका थिए।

प्रकाशित: ७ कार्तिक २०७६ १०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App