व्यापार छाडेर राष्ट्रपतिमा ध्यान

बिहिबार, १६ मङि्सर २०७३, ११ : २१ एजेन्सी

वासिङटन–अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आइन्दा ‘बिजनेस’ छाड्ने बताएका छन् । उनले आउँदो महिना पत्रकार सम्मेलन गर्दै राष्ट्रपतिमा ध्यान केन्द्रित गर्न व्यापारसँगको साइनो तोड्ने घोषणा गरेका छन् । उनले परिवारको उपस्थितिमा यस्तो घोषणा गर्न लागेको जानकारी गराएका छन् ।
ट्रम्प राष्ट्रपति भएसँगै अमेरिकामा उनको व्यापार सञ्जाललाई लिएर टिप्पणी सुरु भएका थिए । ट्रम्पको व्यापार अमेरिकासँगै हङहङ, भारतको मुम्बई आदि ठाउँमा पनि रहेको छ ।

तर उनको यो घोषणाको खबर सेलाउन नपाउँदै गोल्डम्यान साका पूर्व कार्यकारी स्टिभन मुन्चिनले ट्रम्पलाई कोष सचिवमा नियुक्त गरेको खबरको पुष्टि गरेका छन् । ट्रम्पको चुनावी अभियानमा फाइनान्स निर्देशकको जिम्मेवारी समेत सम्हालेका स्टिभनले अर्बपति लगानीकर्ता विलबर रोसलाई वाणिज्य सचिवमा नियुक्त गरिएको खबर सार्वजनिक गरेका छन् । तर ट्रम्प आफैंले भने खबरको पुष्टि गरेका छैनन् । यता उनको नियुक्तिको चर्चा चलिरहँदा ट्रम्पले भने २० मिनेट भित्र ४ वटा ट्विट गर्दै आफू व्यापारबाट अलग्गिने घोषणा गरिरहेका थिए ।

उनको ट्विटमा भनिएको छ, ‘डिसेम्बर १५ मा म आफ्नो परिवारका साथ न्युयोर्कमा एउटा सम्मेलन गर्नेछु र त्यहाँ अमेरिकालाई महान देश बनाउने अभियानमा लाग्न व्यापार छाडेर पूर्णतया राष्ट्रपतिको काम कारवाहीका लागि काम गर्नेछु ।’

अर्को ट्विटमा उनले भनेका छन् ,‘यद्यपि कानुनमा मैंले छाड्नै पर्छ भन्ने बाध्यता छैन तर व्यापार राजनीतिको द्धन्द्धमा म नफसुँ भनेर मैंले व्यापार छाड्ने निर्णय गरेको हुँ ।’
ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै पूर्व राष्ट्रपतिहरुलेले ट्रम्पको व्यापार  र राजनीति मिसिन सक्ने शंका व्यक्त गर्दै आएका छन् । ट्रम्पले आउँदो जनवरीको २० तारिखमा पदभार ग्रहण गर्दैछन् । तर यही सम्बन्धमा न्युयोर्क टाइम्सले सोधेको प्रश्नमा भने ट्रम्पले आफूले दुवै कुरा राम्ररी सम्हाल्न सक्ने बताएका थिए । ट्रम्पका तीन सन्तानले ट्रम्पको व्यापार सम्हाल्दै आएका छन् ।






यसमा तपाईको मत

अन्य समाचार

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हरेक मानिसको फिंगरप्रिन्ट बेग्ला बेग्लै भएजस्तै कुकुरको पनि नाकको छाप बेग्ला बेग्लै हुनेगर्दछ । ...

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा शैक्षिक मेला सम्पन्न भएको छ। इक्यान शैक्षिक मेलाको १३ औ संस्करणलाई साठी...

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

सिप्रदी ट्रेडिङ्ग प्रा. लि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ। ...

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो। ...

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवा केन्द्रित योजना संचालन गर्ने क्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. ले...

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख  हस्तान्तरण

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउन्डेशन द्वारा रु एक लाख हस्तान्तरण। ...

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एड एन्ड इभेन्ट म्यानेजमेन्टले कम्पनीको तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। ...