७ वैशाख २०८१ शुक्रबार
समाज

स्काभेटरले किच्दा एक जनाको मृत्यु

बैतडी - स्काभेटरले किच्दा बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेको प्रहरीले जनाएको छ। लामालेक–ढणौन सडकखण्डको पेलेमा स्काइभेटरमा सवार रहेका पुजाराको खस्दा स्काभेटरले किचेको प्रहरीले जनाएको छ।

सडक निर्माणको काम गरिरहेको स्काभेटरलाई घर निर्माणको लागि खन्नका पुजारा ल्याउदै गरेका अवस्थामा बिहीबार बिहान ८ बजे पेले भन्ने स्थानमा खसेका इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायव निरीक्षक मानसिंह बोहराले जानकारी दिए। स्काभेटर चालक दशरथचन्द नगरपालिका–२ देहिमाडौंका ३० वर्षीय शेरसिंह बोहरा फरार रहेका छन्।

फरार चालक खोजी भइहरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। शव क्षतविक्षत अवस्थामा घटनास्थमै रहेको छ। घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किसन चन्दको टोली घटनास्थल जादै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ७ कार्तिक २०७६ ०४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App