४ वैशाख २०८१ मंगलबार
विचार

मदिरा र महिला हिंसा

पविता मुडभरी पुडासैनी
नेपालमा ७० प्रतिशत महिला हिंसाको कारक मदिरा भएको अध्ययनले देखाएको छ । केही दिनअघि गृहमन्त्री रामबहादुर थापाले समाजमा महिला तथा बालबालिकालाई हुने हिंसा रोकथामका लागि लागुपदार्थ तथा मदिराविरुद्ध सशक्तअभियानको खाँचो औंल्याए।हालै हुम्लाका केही वडा तथा गाउँपालिका मदिरामुक्त घोषणा गरेपछि महिलाले खुसी व्यक्त गरेको पाइयो। वडाबाट क्रमशः गाउँपालिकालाई नै मदिरामुक्तबनाउने निर्णय गाउँसभाले गरेपछि कसैले रक्सी खाए वडा कार्यालय वा गाउँपालिकामा सूचना दिनुपर्ने नियम बनाएर यसका लाागि महिलालाई नै सक्रिय र सचेत रहन आग्रह गरियो। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छायानाथरारा नगरपालिकालाई देशकै पहिलो मदिरा निष्ोध नगरपालिका घोषणा गरे।

यसपछि मदिरा व्यापारीले मदिरा बिक्री इजाजतपत्र नगरपालिककामा बुझाएका छन्। मदिरा निषेध नगरपालिका घोषणापछिहत्या, हिंसा तथा अपराधका घटना कमभएको स्थानीय महिला बताउँछन्। विगतमा रक्सीले मातेर बरालिने युवा अहिलेकुलत छाडेर परिवार र समाजप्रति जिम्मेवार हुन थालेको स्थानीय बताउँछन्।मदिराका कारण समाजमायौन हिंसा, विभिन्न अपराधतथा परिवारमा कलह मात्र नबढेर आर्थिक तथा शारीरिक रूपमा ठूलै क्षति भइरहेकोभन्दै दोलखा, रामेछापलगायतठाउँमा पनि जिल्ला प्रहरी कार्यालय तथा स्थानीय तहहरूको संयुक्त पहलमा अवैध घरेलु मदिरा नियन्त्रण गर्ने अभियानैचलेका छन्। मदिरा नियन्त्रण नभई समाजअपराध र हिंसामुक्तनहुनेठहरसहित गाउँगाउँमा प्रहरीले अभियान चलाई घ्याम्पाका घ्याम्पा रक्सी मदिरा नष्ट गरिरहँदा सहर–बजार, चोक–गल्लीजताततै पसल–पसलमा विदेशी ब्रान्डका रक्सीका बोतल  भेटिन्छन्।  आपराधिक घटना रोक्न घरेलु मदिरा मात्र नभई विदेशबाट भित्रिने करोडौं मूल्यका विभिन्न ब्रान्डका वैध वा आयातित मदिरासमेत प्रतिबन्ध लगाउनजरुरी छ।

धन, स्वास्थ्य, समाज र परिवार नै ध्वस्त पार्ने मदिराको उत्पादन तथा पिउने चलनलाई नियन्त्रण मात्र होइन, निषेध नै गर्नु जरुरी भइसकेको छ।

सभ्य समाज निर्माणका लागि वडाभित्र मदिरा बनाएर बेच्नेलाई  १० हजार, पिउनेलाई २ हजार ५ सय रुपैयाँ जरिवाना गर्ने निर्णय हुम्लाको ताजाकोट गाउँपालिकाले ग-यो। जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूले मदिरा पिए उनीहरूलाई१ महिनाको तलब जरिवाना गर्ने निर्णय उक्त गाउँपालिकाले गरेको छ। मदिरा निषेधित क्षेत्र घोषणा गर्नुअघि मदिराविरुद्ध नारा लगाउँदै ¥याली निकालेर गीत, नाटक तथा व्यंग्यमार्फत सन्देश प्रवाह गरियो। रोल्पा, रुकुम लगाायतजिल्लाका सचेत महिला, महिला संघ, संगठन र समूह मदिराकै कारण महिला हिंसा र हत्या बढेको भन्दै यसविरुद्ध आन्दोलित भइरहँदा गत तीजमा मुसिकोट नगरपालिका गोगनपानी ३ का नवीन खड्काले मदिरा पिएर श्रीमती कमला खड्कालाई कुटपिट गरी  हत्या गरेको भन्दै स्थानीय महिलामदिरा निषेध अभियानमा उत्रिए।                                                
मदिराविरोधी अभियानपछि महिला हिंसा, लेनदेन, झगडा, आपराधिक घटनाका उजुरीमा ९० प्रतिशतले कमी आएको मुगुका प्रमुख जिल्ला अधिकारी बताउँछन्।अहिले मुगुका स्थानीय तहमा मदिरा नियन्त्रण अभियान व्यापाक बन्दै गएको छ। स्थानीयको सहभागितामा वडा–वडामा घरेलु मदिरा नष्ट गर्ने र मदिराविरोधी जनचेतना जगाउने कार्य भइरहेको छ। वडा अनुगमन समिति, महिला समूह, युवा समुहको अगुवाइमा मदिरा नियन्त्रण अभियान सञ्चालन भइरहेको छ। मदिरामुक्त  नगर तथा गाउँपालिका घोषणा गर्ने लहर चलेको छ।

मदिराका कारण बलात्कारका घटना यति डरलाग्दो गरी बढिरहेको छ कि देशैभरि  हजुरबा, बाबु, दाजु,काका,मामाबाट समेत बालिका, युवती र उमेर ढल्किँदै गरेका महिलासमेत बलात्कृत भएका छन् । मदिराको मातमा बाबुले आफ्नै छोरी बलात्कार गरेका घटना बारम्बार दोहोरिँदा पनि मदिरा नियन्त्रणप्रति सरकार उदासीन देखिनु विडम्बना हो। काठमाडौंभित्रै भएका बलात्कारका केही घटनासँग मदिराको मात जोडिएको देखिन्छ। घरभित्र र बाहिर जुनसुकै उमेरका महिलाले यौन हिंसाबाट आफूलाई असुरक्षित महसुस गरिरहेका छन्। कामका लागि श्रीमान् विदेशिएर डाँडापाखामा एक्लो घर रुँगेर बसेका महिलाले रातमा रल्लिँदै हिँडने जँड्याहाकासम्भावित आक्रमणबाट आफूलाई कसरी जोगाउने ?मदिरा पिएकै कारण देशैभर अत्यधिक बलात्कारका घटना बढेकामा गम्भीर भई सरकारले मदिराउत्पादन तथा बिक्री वितरणविरुद्ध कठोर नीति अवलम्बन गर्न ढिला भइसकेको छ।

हिंसा, अपराध र अराजकता निम्त्याउने मदिरा पूर्णरूपमा प्रतिबन्ध लगाउन सरकार सक्षम छ ?अत्यावश्यक खाद्यान्न र औषधि पु¥याउन कठिन ठानिएका दुर्गम र विकट बस्तीहरूमा समेत मदिरा सजिलै उपलब्ध हुन्छन्। टोल–टोलकाचामल पसल दुई÷चार महिनामै रक्सीका ठाडा बोतलले भरिएका हुन्छन्। कुपोषण र खाद्य संकट अधिक भएकै क्षेत्रमा मदिरा उत्पादन तथा यो पिउने प्रवृत्ति अत्यधिक हुनु विडम्बना होइन र ? अधिकतर सवारीसाधन दुर्घटना र मृत्युको कारण पनि मदिरा पिएकै कारणहुने गरेको देखिएको छ।देश अर्बौं व्यापार घाटामा गएका बेला  र देशैभर मदिराविरोधी अभियान चलिरहेका बेला महँगा ब्रान्डका विदेशी बियरहरू देशमा भित्रिरहँदा सरकार किन मौन छ ?

मादिरा पिएर पतिले सधैं कुट्ने गरेको भन्दै विभिन्न स्थानमा  महिलाहरूले जिल्ला प्रहरी कार्यालयको महिला सेलमा उजुरी गरेपनि घटना सहमति र मेलमिलापमा टुंगिने गरेका छन्। जसले गर्दायस्ता घटना बारम्बार दोहोरिन्छन्। महिला सेलमा भएका हिंसाका घटनामध्ये सबैभन्दा बढी मादक पदार्थ खाएका कारणभएको पाइएको छ। घरेलु हिंसादेखि ठूलठूला अपराधमदिराकै कारण भइरहँदा सम्बन्धित निकाय किन मौन छ ? मादक पदार्थको नशामा श्रीमती कुटेर मारेका घटना समाचारमा आइरहन्छन्।

विशेषतः आदिवासी जनजाति समुदायमा मदिराको प्रयोग अत्यधिक हुने गर्छ ।यो समुदायमा पुरुषमात्र नभई महिलासमेत मदिराको लतमा फसेका देखिन्छन्। झैझगडा कुटपिट र आपराधिक क्रियाकलाप पनि विशेषतः यही समुदायका व्यक्तिबाट बढी भएको दोखिन्छ। यो समुदायमा मदिरा सेवन संस्कारकै रूपमा स्थापित छ । अझ भनौं, मदिरा प्रयोग र महिला हिंसा एक सिक्काका दुई पाटा झैं देखिन्छन्।मदिराकै कारण कैयौं रोगले आक्रान्त छन्, लाखौं पुरुष। हजारौं पुरुष मदिराजन्य रोगका सिकार भई मृत्युको सिकार हुन विवश छन्।  मदिराको बेहोसीमा के गरें चालै पाइनँ भन्दै हिंसा र अपराधबाट पन्छिन खोज्ने  गरेका उदाहरण पनि प्रशस्तै छन्।

एकातिर हजारौं क्विन्टल अन्न तथा फलफूल मदिराका लागि खपत हुनेर अर्कातिर कुपोषण र खाद्य संकटलेविकट ग्रामीण क्षेत्रमाआक्रान्त हुनुपर्ने विडम्बना कहिलेसम्म ?अझ मदिराका विज्ञापनमा लाखाैं खर्च गर्ने र अर्धनग्न महिलाका तस्बिर विज्ञापनमा राखेका पाइन्छन् । महिला र मदिराका अन्योन्याश्रित सम्बन्ध देखाउने गरी बनाइएका विज्ञापनमा तत्काल बन्देज लगाउनुपर्छ। आफ्नो लगानी डुब्ने तथा रोजगारीका अवसर गुम्ने भन्दै विरोध जनाउने मदिरा व्यवसायी तथा बिक्रेताहरूलाई आइन्दासरकारले कृषि,पशुपालन तथा साना उद्योग–व्यवसायमा आकर्षण गरी धन, स्वास्थ्य,समाज र परिवार नै ध्वस्त पार्ने मदिराको उत्पादन तथा पिउने चलनलाईनियन्त्रण मात्र होइन, निषेधनै गर्नु जरुरी भइसकेको छ।  

प्रकाशित: ७ कार्तिक २०७६ ०३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App