६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

अफगान तालिबानलाई चीनको निम्ता

दोहा (एजेन्सी)– अफगानिस्तानको घरेलु विषयमा छलफलका लागि तय गरिएको बेइजिङ सम्मेलनमा सहभागी बन्न चीनले तालिबान प्रतिनिधिलाई आग्रह गरेको छ।

चीनले मंगलबार ‘इन्टरनेसनल इनर्जी एजेन्सी’ (आइइए)को प्रतिनिधिमण्डललाई अफगानिस्तानका राजनीतिक तथा आर्थिक विषयमा छलफल गर्न निमन्त्रणा गरेको हो। आइइएको नेतृत्व तालिबान नेता मुल्ला बरादार अखुन्दले गर्दे आएका छन्।

‘अखुन्दको नेतृत्वमा तालिबान आइइएको प्रतिनिधिमण्डललाई बेइजिङमा हुने सम्मेलनमा सहभागिता जनाउन चीनले निमन्त्रणा दिएको छ। तालिबानसँगको यो भेट उनीहरुसँग यस पहिले मस्को र कतारमा भएका सम्मेलनको निरन्तरता हो,’ तालिबान समूहका प्रवक्ता जाविहुल्लाले ट्विटरमा लखेका छन्।

‘बेइजिङमा हुने सम्मेलनमा पुग्ने सबै सहभागी व्यक्तिगत हैसियतमा रहनेछन् र उनीहरूले अफगानिस्तानको राजनीतिक समस्याको समाधानका लागि आफ्ना विचारलाई व्यक्तिगत रूपमा नै प्रस्तुत गर्नेछन्,’ प्रवक्ता जाविहुल्लाको ट्विट उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

बुधबार नै अखुन्द भनिने मुल्ला अब्दुल घानी बरादारसहितका प्रतिनिधिमण्डलले अफगानिस्तानका लागि चिनियाँ विशेष प्रतिनिधि देङ सिचुन तथा कतारका लागि चीनका राजदूतसँग भेट गरेका थिए।

यसअघि बुधबार नै अखुन्द भनिने मुल्ला अब्दुल घानी बरादारसहितका प्रतिनिधिमण्डलले अफगानिस्तानका लागि चिनियाँ विशेष प्रतिनिधि देङ सिचुन तथा कतारका लागि चीनका राजदूतसँग भेट गरेका थिए।

भेटमा उनीहरुबीच अफगानिस्तानका विषयमा चीनमा हुने सम्मेलन र अमेरिका तथा तालिबानबीच भइरहेको शान्तिवार्ताबारे छलफल भएको बताइएको छ।

केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक्कासी अमेरिकी प्रतिनिधिमण्डल र अफगान तालिबान समूहबीच भएको वार्ता रद्द भएको घोषणा गरेपछि तालिबान समूहले वार्तामार्फत् शान्ति प्रक्रियामा लान विभिन्न मुलुकसँग पहल गरिरहेको छ।

तालिबान समूहले पनि वार्ता रद्द भएको अमेरिकी घोषणासँगै आफ्ना गतिविधिलाई सशक्त बनाएको छ। वार्ता रद्द भएसँगै देशका विभिन्न राज्यमा भएका विष्फोटमा परी अफगान सुरक्षाकर्मीसहित सयौं नागरिकले ज्यान गुमाएका छन्।

प्रकाशित: ७ कार्तिक २०७६ ०३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App