बिपीमा कमिसनको चक्कर

फुड सप्लिमेन्ट सिफारिस नगर्न अस्पताल प्रशासनको परिपत्र

बिहिबार, ०७ कार्तिक २०७६, ०७ : ३६ रोहित राई

धरान - बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्ना चिकित्सकहरूलाई औषधि भन्दै फुड सप्लिमेन्ट (खाद्य पूरक सामग्री) बिरामीलाई सिफारिस नगर्न निर्देशन दिएको छ। औषधि व्यवस्था विभाग, विराटनगर शाखा कार्यालयले फुड सप्लिमेन्ट सिफारिस गर्ने कार्य रोक्न पत्राचार गरेपछि प्रतिष्ठानले चिकित्सकहरूलाई यस्तो निर्देशन दिएको हो।

अस्पताल प्रशासनले आफ्ना सबै विभागलाई परिपत्र पठाएर औषधि व्यवस्था विभागमा दर्ता नभएका खाद्य पूरक सामग्रीलाई औषधिको नाममा बिरामीलाई सिफारिस नगर्न निर्देशन दिएको हो। फुड सप्लिमेन्ट सिफारिस गरिएको प्रमाण भेटिए कडा कारबाही गर्ने अस्पताल निर्देशक डा. गौरीशंकर साहले बताए। ‘सबै विभागमा सूचना, परिपत्र गरिसकेका छौं,’ निर्देशक डा. साहले भने, ‘औषधि विभागमा दर्ता नभएकालाई कसैले पनि प्रेस्काइब गर्नै मिल्दैन, त्यस्तो भेटिए कारबाही हुन्छ।’

अस्पताल प्रशासनले परिपत्र पठाउनुअघि पनि सबै विभागसँग फुड सप्लिमेन्टबारे कार्यवाहक उपकुलपति र अस्पताल निर्देशकले छलफलसमेत गरेको थियो। सो छलफलमा पनि विभागीय प्रमुख तथा चिकित्सकहरूलाई विभागमा दर्ता नभएको फुड सप्लिमेन्ट बिरामीलाई सिफारिस नगर्न कडा निर्देशन दिएका थिए। ‘सबै विभागसँग छलफल गरेर त्यस्तो सिफारिस नरोके कारबाही गर्छौं भनिसकेका छौं,’ निर्देशक डा. साहले भने, ‘परिपत्र पनि पठाएका छौं, अब पनि नरोके कारबाही हुन्छ। सिफारिस गरेको प्रमाण भेटिए निष्कासनसम्मको कारबाही हुन्छ।’

औषधि कम्पनीहरूले उत्पादन गरेको औषधि बिक्रीवितरणका लागि औषधि व्यवस्था विभागमा दर्ता अनिवार्य गर्नुपर्छ। त्यसरी विभागमा दर्ता भएको औषधि मात्र मेडिकल पसलहरूले बेच्न पाउँछन्। डाक्टरहरूले पनि दर्ता भएको औषधि मात्र बिरामीलाई सिफारिस गर्नुपर्छ। तर बिपी प्रतिष्ठानका चिकित्सकहरूले कमिसनको लोभमा विभागमा दर्ता नभएको र फुड सप्लिमेन्ट (खाद्य पूरक सामान) भनेर आयात गरिएको वस्तुलाई औषधि भनेर बिरामीलाई सिफारिस गर्दै आएका छन्। नेपालमा उत्पादन भएको फुड सप्लिमेन्टसरह काम गर्ने औषधि डाक्टरहरूले सिफारिस गर्दैनन्। बिरामीलाई ७० रुपैयाँको क्याल्सियम, भिटामिनलगायत औषधि खाँदा हुने भए पनि डाक्टरले सिफारिस गरेको फुड सप्लिमेन्ट कम्तीमा १ हजार २ सय रुपैयाँ किन्न बाध्य भइरहेका छन्।

प्रतिष्ठानमा सबैभन्दा बढी हाडजोर्नी विभागबाट फुड सप्लिमेन्ट सिफारिस हुने गर्छ। त्यसपछि गाइनो र जनरल ओपिडीबाट सिफारिस हुने गरेको छ। प्रतिष्ठानको आकस्मिक कक्ष जनरल ओपिडीमातहत भएकाले त्यहाँबाट डिस्चार्ज हुने बिरामीलाई पनि डाक्टरहरूले अनिवार्य रूपमा फुड सप्लिमेन्ट सिफारिस गरिरहेका छन्। अस्पताल प्रशासनले हाडजोर्नी विभागसँग पनि अलग्गै छलफल राखेर सिफारिस नगर्न चेतावनी दिइसकेको छ। गएको शुक्रबार औषधि व्यवस्था विभाग, विराटनगर शाखाले अनुगमनका क्रममा प्रतिष्ठानको डाक्टरको सिफारिसमा मेडिकल पसलेहरूले फुड सप्लिमेन्ट बिक्री गरिरहेको पाएको थियो। त्यसपछि कात्तिक ३ गते प्रतिष्ठान उपकुलपतिलाई विभागले दर्ता नभएको १ सय ४९ वटा फुड सप्लिमेन्टको सूचीसहित सिफारिस रोक लगाउन पत्राचार गरेको थियो।

‘डाक्टरले सिफारिस नगरे बेच्दैनौं’

बिपी प्रतिष्ठानबाहिरका औषधि पसलमा मात्र होइन, अधिकांश मेडिकल पसलहरूले गैरकानुनी रूपमा फुड सप्लिमेन्ट बिक्रीवितरण गरिरहेका छन्। प्रतिष्ठानका चिकित्सकहरूले सिफारिस नगरे आफूहरू पनि फुड सप्लिमेन्ट बिक्री गर्न छाड्ने औषधि व्यवसायीहरू बताउँछन्।

विभागले एक साताभित्र सबै फुड सप्लिमेन्ट हटाउन अल्टिमेटम दिएपछि औषधि व्यवसायी संघ सुनसरीले बैठकर त्यस्ता सामग्री बिक्री नगर्ने निर्णय गरेको थियो। तर डाक्टरले फुड सप्लिमेन्ट सिफारिस गर्न नरोके निर्णय कार्यान्वयनमा कठिनाइ हुने संघका जिल्ला सचिव पंकज झाले बताए। ‘बैठकले फुड सप्लिमेन्ट फिर्ता पठाउने निर्णय त भयो तर डाक्टरको पुर्जा आइ नै रहेको छ,’ उनले भने, ‘यता डाक्टरले पुर्जामा लेख्न नछाड्ने, उता औषधि विभागले नबेच भन्ने। हामी मारमा परेका छौं।’





यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad