८ वैशाख २०८१ शनिबार
राजनीति

एमाले अखिलद्वारा देशभरका कलेज अगाडि प्रदर्शन, ३ बजे मुर्दा जुलुश

संविधान संशोधनको प्रति जलाउँदै अखिल अध्यक्ष लामा। फाइल तस्विरः विजय गजमेर

काठमाडौं— संविधान संशोधन विधेयकको विरोधमा एमाले विद्यार्थी संगठन अनेरास्ववियूले मुलुकभरिका मुख्य क्याम्पस अगाडि बिहीबार बिहान प्रदर्शन गरेको छ। बिहान ९ बजेदेखि राजधानीका मुख्य कलेज अगाडि प्रदर्शन गर्दा ट्राफिक अस्तव्यस्त भएको थियो।

‘विदेशी इसारामा मुलुक विखण्डन गर्नेतिर अग्रसर गराउने संशोधन विधेयक राष्ट्रघाती छ’, उनले भनिन्, ‘यसको प्रतिरोध गर्ने संघर्षका लागि हामी कांग्रेस माओवादीका विद्यार्थी संगठनलाई पनि आन्दोलनमा आउन आह्वान गर्दछौं।’

रत्नराज्य, घण्ट त्रिचन्द्र, मीन भवन, अस्कल, त्रिवि केन्द्रीय क्याम्पस, पशुपति क्याम्पसमा अखिलले प्रदर्शन गरेको हो। पोखराको पीएन, विराटनगरको महेन्द्र मोरङमा सहित मुलुकभरिका मुख्य क्याम्पसमा प्रदर्शन भएको अनेरास्ववियू अध्यक्ष नवीना लामाले बताइन्।

अाक्रोसित विद्यार्थीले मीन भवन क्याम्पसमा प्रधानमन्त्री पुष्पकमल दाहालको पुतला दहन गरेका छन्।

पाँच नम्बर प्रदेशलाई पहाडबाट टुक्र्याउने, हिन्दी भाषालाई संविधानमा हैसियत प्रदान गर्ने लगायतका विषय समावेश गर्दै मंगलबार राति सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो। सो विरुद्ध एमालेले सदन, सडक र न्यायलय तीन क्षेत्रबाट प्रतिरोध गर्ने निर्णय गरेको छ।

अनेरास्ववियूले दिउँसो ३ बजे रत्नपार्क, शान्ति बाटिकामा मुर्दा जुलुश निकाल्ने तयारी गरेको अध्यक्ष लामाले बताइन्।

‘विदेशी इसारामा मुलुक विखण्डन गर्नेतिर अग्रसर गराउने संशोधन विधेयक राष्ट्रघाती छ’, उनले भनिन्, ‘यसको प्रतिरोध गर्ने संघर्षका लागि हामी कांग्रेस माओवादीका विद्यार्थी संगठनलाई पनि आन्दोलनमा आउन आह्वान गर्दछौं।’

एमाले अखिलले आजै कांग्रेस, माओवादी, नेमकिपा, माले, राष्ट्रिय जनमोर्चा लगायत अन्य दलका विद्यार्थी संगठनसँग बैठक गर्दैछ। 

‘देशलाई सिक्किमिकरण गर्ने गम्भीर षड्यन्त्र भइरहेको छ। नेपाली जनताले नचाहेको र राष्ट्रिय स्वाधिनतामाथि प्रहार गर्ने यो संशोधन विधेयक कुनै पार्टीको हितमा छैन। त्यसैले मुलुकप्रति चिन्तित शक्तिहरु कांग्रेस, माओवादी, मधेसवादी दलहरु जोसुकै भए पनि यसको विरुद्ध उभिन जरुरी छ।’ 

 

प्रकाशित: १६ मंसिर २०७३ ०४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App