coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

खोटेहाङ गाउँपालिका ‘बी’लाई उपाधि

विजेता टिम अतिथि तथा आयोजकसँग तस्बिर खिचाउँदै । तस्बिरः नागरिक

खोटाङ- खोटाङको साकेला गाउँपालिकाले आयोजना गरेको मपारुङ अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधि खोटेहाङ गाउँपालिका (बी) ले चुमेको छ। साकेला गाउँपालिका–२ रतन्छास्थित दारुलाटार खेलमैदानमा सञ्चालन गरिएको प्रतियोगितामा साकेला गाउँपालिका (बी) लाई ० काविरुद्ध २ गोल गर्दै खोटेहाङ गाउँपालिका (बी) ले उपाधि चुमेको हो।

प्रतियोगितामा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले तेश्रो स्थान प्राप्त गरेको छ। तेश्रो स्थानका प्रतिष्पर्धी खोटेहाङ गाउँपालिका (ए) ले वाकओभर दिएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाले तेश्रो स्थान सहजरुपमा सुरक्षित भएको हो।

सर्वाधिक राशीको फुटबल प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने समुहले क्रमशः १ लाख, ६० हजार र ३५ हजारका साथमा कप प्राप्त गरेका छन्। यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट कोच, उत्कृष्ट मार्चपास र अनुशासित टिमलाई पनि पुरस्कार र ट्रफी प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

विजेता टिमलाई प्रदेशसभा सांसद रामकुमार राई र गाउँपालिका अध्यक्ष अर्जुन खड्काले पुरस्कार प्रदान गरेका छन्। दसैं र तिहारको अवशरमा आयोजित फुटबल प्रतियोगितामा खोटाङ र भोजपुरका १० स्थानीय तहको सहभागीता रहेको थियो। प्रतियोगीता गत शुक्रबारदेखि सुरु गरिएको थियो।

यस्तै, केपीलासगढी गाउँपालिकामा आयोजित वडास्तरिय पुरुष भलिबल प्रतियोगितामा केपीलासगढी गाउँपालिका–१ फेदीले प्रथम उपाधि उचालेको छ। आइतबारदेखि मंगलबारसम्म सञ्चालित प्रतियोगितामा केपीलासगढी गाउँपालिका–६ दिप्सुङ दोश्रो र केपीलासगढी गाउँपालिका–२ खार्ताम्छा तेश्रो भएका छन्। केपीलासगढी गाउँपालिका–४ बाक्सिलाको आयोजनामा भएको प्रतियोगीताका बिजेताले क्रमशः ४० हजार, ३० हजार र २० हजार प्राप्त गरेका छन्। विजेतालाई गाउँपालिका अध्यक्ष कृष्ण राईले पुरस्कार प्रदान गरेका छन्।

प्रकाशित: ६ कार्तिक २०७६ १३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App