धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो

बुधबार, ०६ कार्तिक २०७६, १८ : २१ नागरिक

काठमाडौं- धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै आठ अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ७.७९ अङ्कले बढेर एक हजार १४२.६० मा पुगेको छ।

यसैगरी सेन्सेटिभ परिसूचक पनि १.६८ अङ्कले बढेर २५०.१७ मा पुगेको छ। परिसूचक बढेपनि कारोबार रकम भने औसत नै रह्यो। आज कुल १५३ कम्पनीका छ लाख चार हजार ७ सय २८ कित्ता शेयर १६ करोड ३७ लाख ५७ हजार ८ सय ४७ रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका सबै ११ उपसमूहको शेयर उकालो लागेको छ। स्टकका अनुसार बैङ्किङ ६.६, होटल २.५१, विकास बैङ्क ७.६३, जलविद्युत १६.३, फाइनान्स ३.५१, निर्जीवन बीमा ९.७७, उत्पादन ०.१८, अन्य ४.७४, माइक्रोफाइनान्स ८.३९, जीवन बीमा ४८.२८ र सामूहिक लगानी कोषको शेयर ०.१ अङ्कले वृद्धि भएको छ।

स्टकका अनुसार कारोबार रकमका आधारमा आज प्रभु बैङ्क शीर्ष स्थानमा रह्यो। सो बैङ्कको शेयर दुई करोड ७२ लाख १६ हजार ३ सय ७६ रुपैयाँमा खरिदबिक्री भयो। यस्तै एनआइसी एसिया बैङ्कको एक करोड ४६ लाख ९३ हजार २ सय ४० रुपैयाँ, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको ६१ लाख ७० हजार ३ सय २ रुपैयाँ, स्टाण्डर्ड चार्टर बैङ्कको ५० लाख ६५ हजार २ सय ८५ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४९ लाख सात हजार ३ सय २८ रुपैयाँ र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर ४५ लाख ७१ हजार ३ सय ७ रुपैयाँमा खरिदबिक्री भई शीर्ष स्थानमा रहे।

परिसूचक बढेपनि दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ५.३५ प्रतिशतले गुमाए। यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था २.८९, तारागाउँ रिजेन्सी होटल २.७७, एनएलजी इन्स्योरेन्स कम्पनी २.६३, गुराँस लघुवित्त वित्तीय संस्था १.९८ र मितेरी डेभलपमेन्ट बैङ्क लिमिटेडका लगानीकर्ताले १.९८ प्रतिशतले गुमाए।

नेको इन्स्युरेन्स कम्पनी शेयरधनीले ५.९८ प्रतिशतले कमाउँदा हिमालयन पावर पार्टन ५.८०, सेन्ट्रल फाइनान्स कम्पनी ५.७१, सिजर्नी पावर डेभलपमेन्ट ५.६६, गुडवील फाइनान्स कम्पनी ४.४४, र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.३३ प्रतिशतले कमाए। रासस






यसमा तपाईको मत

अन्य समाचार

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल १२ देखि २४ नोभेम्बरसम्म अल्फ्ट काठमाण्डु ठमेलमा चलिरहेको छ। ...

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। ...

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमले एकैपटकमा धेरैजनालाई एकै प्रकारको सन्देश पठाउन मिल्ने बल्क एसएमएस सेवा उपलब्ध गराएको छ । ...

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुनेबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । ...

कुसोममा एनआइबिएल

कुसोममा एनआइबिएल

नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्टमा विस्तारित काउन्टर खोलेको छ । ...

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

Ncell Footer Ad