करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल

बुधबार, ०६ कार्तिक २०७६, १६ : ५९ नागरिक

जाजरकोट- जिल्ला अस्पताल जाजरकोटमा ६३ जना स्वास्थ्यकर्मीको दरबन्दी छ तर करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ।

अस्पतालमा अहिले दरबन्दीका चिकित्सकको सङ्ख्या शून्य छ। दरबन्दीमा कार्यरत अघिकांश चिकित्सक समायोजनमा अन्यत्र सरुवा भएपछि करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपरेको हो। अस्पताल सञ्चालनका लागि अहिले तीन जना चिकित्सक करारका छन्।

'चिकित्सक समायोजनका कारण अस्पताल रित्तिएको छ', स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. रविन भुसालले भने, 'यहाँका चिकित्सकलाई केन्द्र सरकारले समायोजन गरी अन्यत्रका अस्पताल पठाएपछि जनशक्तिको अभाव भएको हो।'

दरबन्दीमा कार्यरत चिकित्सक समायोजन भएर बाहिर जिल्ला गएपछि जिल्ला अस्पताल दरबन्दीको मेडिकल अधिकृतविहीन भएको छ। हप्ता दिन अघिमात्र जटिल खालको शल्यक्रिया हुने जाजरकोट जिल्ला अस्पतालमा अब सामान्य जाँच मात्र हुने अवस्थामा पुगेको छ। अहिले १३ जना स्वास्थ्यकर्मी र कर्मचारीको भरमा जिल्ला अस्पताल चलेको प्रमुख डा. भुसालले जानकारी दिए।

चिकित्सक पठाई दिन उनले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई आग्रहसमेत गरे। पचास श्ययाको अस्पताल चिकित्सकविहीन हुनु सामान्य कुरा नभएको उनको भनाइ छ। अहिले जिल्लाका तीन सरकारी कार्यालयलाई गाभेर स्वास्थ्य सेवा कार्यालयबाट सञ्चालन भइरहेको जिल्ला अस्पताल जाजरकोटमा विगतदेखि दिदैं आएको सेवासमेत कटौती हुन थालेका छन्।

दरबन्दीका चिकित्सक समायोजन भई बाहिर जाने तर जाजरकोट कसैले नरोज्दा समस्य भएको हो। जिल्लामा चिकित्सक र स्वास्थ्यकर्मी टिकाउन समस्या भएको भन्दै सर्वत्र चिन्ता भएको छ।

जिल्लाको एक मात्र ५० श्ययाको अस्पताल भए पनि कर्मचारीको अभावमा थलिने अवस्थामा पुगेको डा. भुसालले जानकारी दिए। तीन कार्यालय गाभिएपछि अहिले आयुर्वेद कार्यालयका प्रमुख नै कार्यालय प्रमुखको जिम्मेवारीमा छन्। त्यस्तै ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा समेत सोही समस्या देखिएको छ।

गर्खाकोटस्थित प्राथमिक स्वास्थ्य संस्था लामो समयदेखि चिकित्सकविहीन छ। त्यस्तै दल्लीमा रहेको स्वास्थ्य संस्थामा पनि सोही समस्या रहेको छ। करारमा काम गरिरहेका चिकित्सकले पनि कामको चापले गर्दा समस्या भएको भन्दै गुनासो आइरहेको प्रमुख भुसालको भनाइ छ।

जाजरकोट, रुकुम, सल्यान र डोल्पाका बिरामीसमेत जाजरकोटको जिल्ला अस्पतालमा जटिल खालका सेवा पाएपछि खुशी भएकोमा अहिले त्यो खुशी पीडामा बदलिएको छ। रासस







यसमा तपाईको मत

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad