coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

साउनका बाढी पीडितलाई कात्तिकमा राहत

स्थानीयलाई राहत प्रदान गर्दै नगर प्रमुख हरिजंग शाही । तस्बिरः सुमन/नागरिक

मुगु- गएको साउन ३२ गते परेको अविरल वर्षाका कारण गमगगाढ खोलामा आएको बाढी पीडीतलाई कात्तिकमा राहत वितरण गरिएको छ। बाढी पीडीतलाई करिब चार महिनापछि बुधवार छायानाथ रारा नगरपालिकाले राहत वितरण गरेको हो।

वर्षाका कारण नाग्म गमगढी सडक अवरुद्ध हुँदा बजारमा सामान अभाव भएको र बजारमा भएको सामान पनि बाटोकै कारण पीडित जनताका घरसम्म लैजान नसकिएकाले राहत वितरणमा ढिलाई भएको छायानाथ रारा नगरपालिकाले जनाएको छ।  

गएको साउन ३२ गतेको अविरल वर्षापछि छायानाथ रारा नगरपालिका–१, ४, ६ र ७ मा पर्ने गमगाढ खोलामा आएको बाढीले स्थानीयवासीको हजारौं रोपनीमा लगाएको अन्नवाली बगाएको थियो। बाढीले खेतवारीमा लगाएको अन्नवाली बगाएपछि खल्लो मन लिएर दसैं मनाएका स्थानीयले नगरको राहतले केही हल्का भएको महशुस गरेको बाढी पीडित वडा नम्बर ६ बालै बगरका स्थानीय जीवन रावलले बताए।

नगरपालिकाले वडा नम्बर ६ बालै, कोटीला र वडा नम्बर ७ पिना र तलि घुईरका दुई सय ३० घरधुरीलाई एक/एक बाेरा चामल र एक एक प्याकेट खाने तेल प्रदान गरिएको छायानाथ रारा नगरपालिकाले जनाएको छ।

बाढीले ठुलो क्षति गरि दिएको र एक बाेरा चामलले केही पनि नपुग्ने भए पनि तत्कालका लागि राहत प्रदान गरिएको र अब बाढी पीडितका लागि आय आर्जनका कार्यक्रम सुरु गरिने छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले बताए। 
नगरपालिकाभित्र कृषि, पशुपालन, जलवायु परिवर्तनलगायतका क्षेत्रमा काम गर्न चाहने सरकारी तथा गैरसरकारी संस्था र स्वयम नगरपालिकाले बाढीले प्रभावित बनेका मुन्दु, कोटिला, पिना, तलि घुईर, बालै , जुकेना, भामबाडा र छत्यालबाडालाई चालु आर्थिक वर्षमा पहिलो प्राथामिकता दिएर विकास निर्माणदेखि आय आर्जनका कार्यक्रम सञ्चालन गर्ने तयारी भई रहेको नगर प्रमुख शाहीको भनाई छ।

प्रकाशित: ६ कार्तिक २०७६ १०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App