coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गुरुङ परिवारले गाउँपालिकालाई दान गर्यो १७ रोपनी जग्गा

सोलुखुम्बु– सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिकाएका बहादुर गुरुङले गाउँपालिकालाई १७ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन्। गाउँपालिकाको कार्यालय निर्माणको लागि गुरुङ परिवारले सोमबार थुलुङ दुधकोशी गाउँपालिकाको नाममा जग्गा रजिष्ट्रेशन पास गरिएका छन्।

स्थानीय सरकारका लागि १७ रोपनी जग्गा दान गरेका ८४ बर्षिय एकाबहादुर गुरुङले समुदाय विकासका लागि फराकिलो सोच राखेको बताए। उनले भने, ‘जग्गा धेरै भएर देको त हैन्, विकासको लागि फराकिलो सोच बनाएका हौं। आफ्नो ठाउँका लागि दान दिन पाएकोमा पुण्य कमाएको अनुभूति गरेको छुँ।’

गुरुङका छोरा जीवन गुरुङले गाउँपालिकाको कार्यालय स्थापनाका लागि उपयुक्त देखिएको स्थानको जग्गामा निःशुल्क दिएको बताए। ‘गाउँको विकासको लागि हामीले योगदान गर्यौ’, उनले भने, ‘सम्पूर्ण नागरिकले सकेको योगदान गरेमात्र गाउँको विकास संभव छ।’ 

गुरुङ परिवारले जग्गाप्रदानगर्ने निधो भएपछि सोही जग्गामा गाउँपालिकाले कार्यालयका लागि भवन निर्माण गरिसकेको छ भने नागरिकलाई सहज सेवा प्रदान गरिरहेको छ। यद्यपि, केही पक्षले गाउँपालिकाको आफ्नो नाममा नभएको जग्गामा कार्यालय स्थापना गरेको भन्दै आलोचना गरिरहेका थिए। गाउँपालिका अध्यक्ष असिम राईले गाउँपालिकाको विकासबाट अत्तालिएकाहरुले अनावश्यक आलोचना गरेको दाबी गर्दै जग्गादाता गुरुङ परिवारलाई धन्यवाद दिए। 

जिल्लाका ८ स्थानीय तहमध्ये आफ्नो नाममा जग्गा प्राप्त गर्ने र स्थायी कार्यालय स्थापना गरेर सेवा प्रवाह गर्ने काममा पहिलो बनेको थुलुङ दुधकोशी गाउँपालिकाले सुविधा सम्पन्न दुधकोशी सामुदायीक अस्पताल निर्माणको कामलाई अघि बढाएको छ भने आमा सुरक्षा कार्यक्रमलाई शतप्रतिशत सफल बनाएर देखाइसकेको छ।

प्रकाशित: ६ कार्तिक २०७६ ०७:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App