मेलमिलापकर्तालाई तालीम

बुधबार, ०६ कार्तिक २०७६, १२ : ४४ नागरिक

वालिङ- वालिङ नगरपालिकाले ८४ जना मेलमिलापकर्तालाई आधारभूत सामुदायिक मेलमिलाप तालीम दिएको छ।

‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’ भन्ने नाराका साथ वालिङ नगरपालिकाको आयोजना, अष्ट्रेलियन सहयोग र एशिया फाउण्डेशनको आर्थिक सहयोग तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहजीकरणमा तालीम दिइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए।

'नागरिकले न्याय र मानवताको अनुभूति प्राप्त गर्न सक्ने गरी जिम्मेवारीपूर्वक अगाडि बढ्नुहोस्', नगर प्रमुख खाँणले भने, 'आगामी दिनमा तपाईहरुलाई आवश्यक पर्ने पुनर्ताजगी तालीम प्रदान गर्दै जाने छौँ।' वालिङ नगरपालिकाभित्रको न्याय प्रणालीलाई मजबुत बनाउन मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने भएकाले तटस्थ भएर लाग्न नगर प्रमुख खाँणको सुझाव थियो।

मेलमिलापबाट युद्ध र द्वन्द्वलाई समेत रोक्न सकिने भएकाले मेलमिलापकर्ताको भूमिका ज्यादै महत्वपूर्ण हुने गरेको स्याङ्जा जिल्ला अदालतका न्यायाधीश बलराम त्रिपाठीले बताए। 'जिल्लाका अन्य स्थानीय तहमा भन्दा वालिङ नगरपालिकाले न्याय सम्पादनमा उत्कृष्ट र नमूना कार्य गरेको हामीले पाएका छौँ', न्यायाधीश त्रिपाठीले भने, 'मेलमिलापकर्ताले कसैलाई दबाबमा पारेरभन्दा पनि तटस्थ भएर दुवै पक्षको जीत हुने गरी न्याय दिनुहोस्।'

कानूनको मूल उद्देश्य न्याय दिनु रहेकाले मेलमिलापकर्ताले मुद्दा, झैझगडालाई मेलमिलापका माध्यमबाट निरुपण गर्दै जान पनि उनले सुझाव दिए। मेलमिलापको माध्यमबाट दुवै पक्षको जीत हुने भएकाले पनि यो प्रणाली प्रभावकारी हुँदै गएको नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक कल्पना तिवारीले बताए।

नगरपालिकाका १४ वटै वडाबाट छ÷छ जना छनोट भई आएका ८४ जना मेलमिलापकर्तालाई आधारभूत तालीम दिइएको हो। रासस





यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad