तेस्रो किस्ता लिने बढे

बुधबार, ०६ कार्तिक २०७६, १२ : १३ नागरिक

पोखरा – वि.सं. २०७२ सालको भूकम्पपछि कास्की जिल्लामा लाभग्राही सूचीकृत भएकामध्ये एक हजार ७०० ले तेस्रो किस्ता लगेका छन् । जिल्लामा कूल छ हजार २६ जना लाभग्राही सूचीकृत भएकामध्ये पहिलो किस्ता पाँच हजार ४९२ ले र दोस्रो किस्ता दुई हजार ७५९ ले लगेको जिल्ला कार्यान्वयन एकाइका प्रमुख इञ्जिनीयर नवराज शर्माले जानकारी दिए । उन्का अनुसार ५३४ जनाले अहिलेसम्म सम्झौता गर्न आएका छैनन् ।

यसैबीच जिल्ला पुनःनिर्माण सहजीकरण समितिले निजी आवास पुनःनिर्माण समयमै सम्पन्न गर्ने तत्कालीन कार्ययोजनालाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

समितिको बैठकले पोखरामा सञ्चालित जिल्लाका सरोकारवालासहितको कार्यशालाको निष्कर्षस्वरुप तयार भएको निजी आवास पुनःनिर्माण समयमै सम्पन्न गर्ने तत्कालीन कार्यान्वयन योजनालाई अनुमोदन गरी उक्त कार्यान्वयन योजनालाई प्रभावकारिताका साथ अघि बढाउने निर्णय गरेको हो ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ, कास्कीबाट पालिकामा परिचालित प्राविधिकमार्फत भूकम्पका कारण क्षतिग्रस्त र सम्बन्धित पालिकामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत परिचालन गरिएका प्राविधिक पुग्नुअघि निर्मित निजी आवासहरूको यथार्थ विवरण सङ्कलन गरिने भएको छ ।

विवरण सङ्कलन भएपछि जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत सम्बन्धित पालिका एवं वडा कार्यालयको सूचना पाटीमा त्यसको सत्यतथ्य यकिन एवं सो सम्बन्धमा गुनासो र उजुरी सङ्कलन गर्न सात दिनको अवधि तोकी निजी आवासको विवरण सार्वजनिक गर्ने निर्णय गरिएको छ ।

सात दिने सार्वजनिक सूचना टाँस गरेको समयावधि सकिएपछि सम्बन्धित लाभग्राहीको लागि कुनै उजुरी र गुनासो नपरेको अवस्थामा बाँकी रकम भुक्तानीका लागि सिफारिस गर्न प्राविधिक खटिनुपूर्व बनेका घरलाई निजी आवास पुनःनिर्माण अनुदान रकम उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०७६ अनुसार अगाडि बढाउने जनाइएको छ । बैठक जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्रीको अध्यक्षतामा भएको थियो । रासस







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad