मैनडाँडासम्म नियमित बस सञ्चालन

बुधबार, ०६ कार्तिक २०७६, १२ : ०५ नागरिक

बनेपा – जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका–१ धापसम्म यात्रुबाहक बस पुगेपछि वर्षौँदेखि आफ्नै घरआँगनबाट बस चढेर शहर जाने यहाँका जनताको रहर बल्ल पूरा भएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा मोटरबाटोको ट्र्याक खोलेसँगै स्तरोन्नति गरेपछि काभ्रे बस प्रालिको यात्रुबाहक बसले सेवा दिन थालेको छ । त्यससँगै अब विकट क्षेत्र गोकुलेलगायत आसपासका बासिन्दाले आफ्नै घरआँगनबाट बस चढ्ने सुविधा पाएका हुन् ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको बिपी राजमार्गस्थित चौकीडाँडा हुँदै सिसाखानी–सिपाली–बूढाखानी–फोक्सिङटार–मसानेभञ्ज्याङ–देवीटार–घर्तिछाप हुँदै गोकुलेको धाप मैनडाँडासम्म दैनिक यात्रुबाहक बस पुगेको छ । 

यसअघि सो बाटो भएर फोक्सिङटारको सानो पोखरासम्म पुगेको भएपनि नियमित रुपमा बुढाखानीको महादेवटारसम्म मात्रै बस पुगेको थियो । सिन्धुलीको घ्याङलेक गाउँपालिकाको रामपुर हुँदै बनखु घर्तिछापसम्म हिमाल तराई यातायातको बस पुगेकामा अब जिल्लाभित्रैबाट डाँडापारिको गोकुलेधापसम्म यात्रुबाहक बस पुर्‍याउन सफल भएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

“पहिला आफ्नै गाउँपालिका डाँडापारि जानका लागि छिमेकी जिल्ला सिन्धुली घुमेर जानुपर्ने बाध्यता थियो, गाउँपालिकाको पहलमा अब आफ्नै जिल्लाबाट नै डाँडापारि जान सक्ने भएको छ”, जिम्बाले भने, “यसरी जाँदा छिटो मात्रै नभएर भाडा पनि  २ सय रुपैयाँ सस्तो भएको छ ।”

यसअघि हिमाल तराई यातायातले सिन्धुली हुँदै घुमेर जानुपर्नेमा बनेपादेखि गोकुलेसम्म ७ सय ८० रुपैयाँ दिने गरेकामा अब काभ्रे बस प्रालिले ५ सय ८० रुपैयाँमा सेवा पुर्‍याएको छ ।

तीन दिनअघि फोक्सिङटारको खानीटार पुगेर गाउँपालिका अध्यक्ष जिम्बा र काभ्रे बस प्रालिका अध्यक्ष बर्ण शाक्यले संयुक्तरूपमा मोटरबाटोको उद्घाटन गरेका थिए । सो क्रममा गोकुलेको धाप मैनडाँडासम्म नियमितरूपमा बस सञ्चालन गर्ने र तोकिएको भाडादर लिने विषयमा सम्झौतासमेत भएको थियो । बनेपाबाट धापसम्म दैनिक दुई बस सञ्चालन हुने भएका छन् । बनेपादेखि धापसम्म ७८ किलोमिटर छ । रासस







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad