coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सत्तारुढ र नागरिक समाज पनि प्रदर्शनमा

बुटवल— साबिक पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई चार नम्बर प्रदेशमा गाभ्ने गरी सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोधमा बुधबार बुटबलमा प्रदर्शन भएको छ । सरकारले मंगलबार संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएको हो ।

संशोधन विधेयकको विरोधमा स्वःस्फूर्त सडकमा उत्रेका विद्यार्थी, व्यवसायी र सर्वसाधारणलाई सत्तासीन र विपक्षी दलका नेता कार्यकर्ताको साथ छ ।

साबिक पाँच नम्बर प्रदेशका पहाडी जिल्ला गुल्मी, पाल्पा, प्युठान, रोल्पा, अर्घाखाँची, रुकुममा क्रियाशील सबै दल संशोधन प्रस्तावको विरोधमा देखिएका छन् । सत्तापक्ष कांग्रेस, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेसहित दलका जिल्लास्तरीय नेता कार्यकर्ता संशोधन प्रस्तावविरुद्धको आन्दोलनमा सँगसँगै देखिएका छन् ।

दलहरूले संयुक्त बैठक बसेर आन्दोलनको नेतृत्व लिने तयारी गरेका छन् । बुटवलमा बुधबार भएको प्रदर्शनमा सत्तासीन दलका रुपन्देही जिल्लाका नेता–कार्यकर्तासमेत सहभागी भए ।

साबिक पाँच नम्बर प्रदेशका पहाडी जिल्ला गुल्मी, पाल्पा, प्युठान, रोल्पा, अर्घाखाँची, रुकुममा क्रियाशील सबै दल संशोधन प्रस्तावको विरोधमा देखिएका छन् । सत्तापक्ष कांग्रेस, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेसहित दलका जिल्लास्तरीय नेता कार्यकर्ता संशोधन प्रस्तावविरुद्धको आन्दोलनमा सँगसँगै देखिएका छन् ।

रुपन्देहीसहित प्रदेश नम्बर ५ का सबै जिल्लामा बुधबार बिहानैदेखि संशोधन प्रस्तावको विरोध भएको छ । ठाउँठाउँमा सडकमा टायर बालेर प्रदर्शन गरियो । बुटवलमा दिनभर नै प्रदर्शन भयो। बुटवल र पहाडी जिल्लाको सम्बन्ध ‘घ्यु बेच्ने र नुन किन्ने’ सँग गाँसिएको सामाजिक र आर्थिक सम्बन्ध भएको भन्दै पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई टुक्र्याउन नहुने माग प्रदर्शनकारीको छ ।

बुटवल बहुमुखी क्याम्पस, सिद्धार्थ क्याम्पस र लुम्बिनी वाणिज्य क्याम्पसका विद्यार्थी बिहानै प्रदर्शनमा उत्रिएका थिए । विद्यार्थीले सडकमा टायर बालेर संशोधन प्रस्तावको विरोधमा नाराबाजी गरे । दिनभरजसो प्रदर्शनका कारण बुटवल बजार पनि आंशिक मात्र खुलेको थियो।

प्रदर्शनकारीले चक्काजाम गरेपछि लामो दुरीका  सवारीसाधन बीच बाटोमै रोकिँदा यात्रु अलपत्र परे। टाढा हिँडेका यात्रु दिनभर बुटवल, सालझन्डी र खैरेनीमा अलपत्र थिए।दर्शनका कारण अधिकांश शैक्षिक संस्था पनि बन्द भए । प्याब्सन, रुपन्देहीले विद्यालय खोल्ने या नखोल्ने अन्योल बढेको जनाएको छ।

प्रदर्शनकारीले ‘हिमाल पहाड तराई कोही छैन पराइ, प्रदेश टुक्र्याउन पाइँदैन’ भन्दै सरकारविरुद्ध चर्का नारा लगाएका थिए। बुटवलमा दिनभरजसो प्रदर्शन भए पनि कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका एसपी रविन्द्र धानुकले बताए।

संयुक्त संघर्ष समितिले बिहीबार बुटवलमा संघसंस्थाको सहभागितामा प्रदर्शन गर्ने जनाएको छ । एमाले केन्द्रीय सदस्य लीला गिरीका अनुसार संयुक्त संघर्ष समितिको आयोजनामा शुक्रबार प्रदेशस्तरीय भेला गरिनेछ । भेलालाई एमाले उपाध्यक्ष वामदेव गौतम, उपमहासचिव विष्णु पौडेल, कांग्रेस नेता चन्द्र भण्डारी, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य माधव शर्माले आफू प्रदेश टुक्र्याउन नहुने पक्षमा रहेको बताए । अखण्ड पाँच नम्बर प्रदेश अभियान समितिले पनि संशोधन प्रस्तावको विरोधमा अनिश्चितकालीन चक्काजाम घोषणा गरेको छ ।

प्रदेश विभाजनको विरोध राजनीतिकबाहेकका संघसंस्थाले पनि गरेका छन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह, रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी र रुपन्देही व्यापार संघका अध्यक्ष मोतीलाल पाण्डेले पाँच नम्बर प्रदेशका पहाड र तराईलाई अलग गर्ने गरी ल्याइएको संशोधन प्रस्तावले यस क्षेत्रको सामाजिक र आर्थिक सम्बन्ध टुटाउन खोजिएको बताए । उनीहरूले जनमतको कदर गर्दै संशोधन प्रस्ताव पारित नगर्न सांसदलाई आग्रह गरेका छन् ।

प्रकाशित: १६ मंसिर २०७३ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App