३० प्रतिशत नगरवासी अझै खुल्ला ठाउँमा शौच गर्दै

बुधबार, ०६ कार्तिक २०७६, ११ : ४० नागरिक

वीरगञ्ज – प्रदेश नं २ को एकमात्र वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेको सबै घरमा शौचालय भए पनि ३० प्रतिशत महानगरवासी अझ पनि खुल्ला चौरमा दिसापिसाब गर्दै आइरहेका छन् । 

३२ वडा रहेको नगर क्षेत्रभित्र वडा नं २०, १७, १९, १८, २७, २६ र २९ वडाका बासिन्दाको घरमा चर्पी भए पनि जनचेतनाको अभावको कारण खुला चौरमै दिसापिसाब गर्न रुचाउने गरेको वीरगञ्ज महानगरपालिकाअन्तर्गत रहेको वातावरण तथा हरियाली प्रवद्र्धन शाखाका प्रमुख सुनिलकुमार कर्णले बताए । 

ती वडाका बासिन्दा आर्थिकरुपमा सम्पन्न भए पनि प्रत्येक घरमा शौचालय हुँदाहुँदै जनचेतनाको अभावको कारण बाहिरनै दिसापिसाब गर्ने गरेकाले महानगरपालिकाले त्यस्ता घरधनीलाई कारवाहीको दायरामा ल्याउने सोच बनाएको  छ । 

महानगरपालिकाले ३२ वटै वडामा चर्पी त बनायो तर त्यहाँका मानिसको बानीमा परिवर्तन नहुँदा बाटो घाटो तथा खुला चौरमा दिसापिसाब गर्ने गरेको भनाइ प्रमुख कर्णको छ । शौचालय नबनाई खुला चौरमा दिसापिसाब गर्नेलाई कस्तो कारवाही गरिने भन्ने जिज्ञासामा नगरप्रमुख विजयकुमार सरावगीले त्यस्ता घरधनीलाई कारवाहीको दायरामा ल्याउने प्रयास भइरहेको बताए । 

३२ वडामध्ये ३० वटा वडामा सार्वजनिक शौचालय रहे पनि महानगरपालिकाले यात्रुको सुविधालाई ध्यानमा २५ सेट घुम्ती शौचालय सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ ।

२०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान शुरु भएको हो । वीरगञ्ज महानगरपालिकाले यो अभियानअन्तर्गत शून्य अनुदानमा घरघरमा चर्पी बनाउने कामलाई कार्यान्वयनमा ल्याएपछि घरघरमा चर्पी निर्माण गरिएको हो । प्रदेश नं २ मा नौ लाख ३३ हजार ६४९ घरधुरीमा शौचालय बनेको छ । रासस







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad