कर्णालीमा नेकपाको एकता प्रक्रिया अन्तिम चरणमा

बुधबार, ०६ कार्तिक २०७६, १० : ४५ नागरिक

सुर्खेत – कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय कमिटी गठन अन्तिम चरणमा पुगेका छन् । नेकपाले सुर्खेतबाहेक सबै जिल्लामा निर्वाचन क्षेत्र, स्थानीय तह र वडा कमिटीका पदाधिकारीका साथै इञ्चार्ज चयन गरिसकेको छ ।
 
नेकपा प्रदेश कमिटी सचिव मायाप्रसाद शर्माले कर्णालीका सुर्खेतबाहेक बाँकी नौ जिल्लाका प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी, स्थानीय तह (गाउँ–नगरपालिका), वडा कमिटीका पदाधिकारी चयन गरिसकेको जानकारी दिए । पार्टीको सम्बन्धित जिल्लाकै नेतृत्वले निर्वाचन क्षेत्र र स्थानीय कमिटी गठन गर्नुका साथै नेताहरूको कार्यविभाजन गरेको हो ।

सुर्खेतका जिल्ला सचिव कृष्ण जिसीले तिहारअघि नै एकताका बाँकी काम सम्पन्न गरिने बताए । यहाँ प्रतिनिधिसभाका दुई, प्रदेशसभाका चार र नौ स्थानीय तह छन् ।

सचिव जिसीले अध्यक्षको कार्यव्यस्तताका कारण ढिला भएको बताए । त्यस्तै, दैलेख जिल्ला कमिटीले मङ्गलबार स्थानीय कमिटीका अध्यक्ष, सचिवका साथै सम्बन्धित स्थानीय तहका इञ्चार्ज तोकेको छ । त्यहाँका ११ स्थानीय तहमध्ये पूर्वएमाले पक्षका छ तथा पूर्वमाओवादी पक्षकाले पाँच स्थानीय तहको नेतृत्व पाएका छन् । 

दैलेखमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीका पदाधिकारी पनि चयन गरिएको छ । यसअघि जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, मुुग, डोल्पा, रुकुमपश्चिम र सल्यानका स्थनीय तहमा पार्टी एकता भइसकेको थियो । रासस







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad