coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

चितवन–रत्ननगर नगरपालिकामा निजी कम्पनीले फोहर सङ्कलनको काम शुरु गरेको छ । फोहर सङ्कलन र व्यवस्थापनको काम खर्चिलो बन्दै गएपछि नगरपालिकाले निजी क्षेत्रलाई काम गर्ने जिम्मेवारी दिएको हो ।

फोहर सङ्कलन र व्यवस्थापनका लागि श्रीमाता कङ्कालीमाई उद्योग प्रालि काठमाडौँसँग नगरपालिकाले १६ बुँदे सम्झौता गरेर काम गर्ने जिम्मा दिएको प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेलले जानकारी दिए । प्रालिले यही कात्तिक १ गतेबाट फोहर सङ्कलनको काम शुरु गरेको छ । सो कम्पनीले वार्षिक १० लाख ६६ हजार रुपैयाँ नगरपालिकालाई बुझाउने गरी फोहर सङ्कलनको जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत  पोखरेलले जानकारी दिए ।
रत्ननगरमा दैनिक करीब २५ टन फोहर सङ्कलन हुन्छ । नगरपालिकाले सङ्कलित फोहर पञ्चकन्या सामुदायिक वनमा थुपार्दै आएको छ । फोहरलाई वर्गीकरण गर्ने, सड्ने र नसड्ने फोहर छुट्याएर सड्ने फोहरबाट प्राङ्गारिक मल र नसड्ने फोहर पुनः प्रशोधन गरी बिक्री गर्ने गरी सम्झौता भएको छ ।  रत्ननगरमा सरसफाइ शुल्कवापत वार्षिक २२ लाख रुपैयाँ सङ्कलन  हुने र फोहर सङ्कलनका लागि करीब एक करोड रुपैयाँ खर्च हुँदै आएको छ ।

नगर प्रमुख नारायण वनले फोहरलाई नयाँ ढङ्गबाट व्यवस्थापन गर्ने गरी निजी कम्पनीलाई  जिम्मेवारी दिइएको बताए । निजी क्षेत्रलाई फोहरको व्यवस्थापन गर्ने जिम्मा दिएसँगै नगरपालिकालाई वार्षिकरूपमा ७८ लाख रुपैयाँ बचत हुने भएको छ । सो रकम विकास निर्माणमा खर्च गरिने नगर प्रमुख वनले बताए ।

प्रकाशित: ६ कार्तिक २०७६ ०४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App