८ वैशाख २०८१ शनिबार
खेल

भारतद्वारा शृंखला क्लिन स्विप

राँची – साहबाज नदिमले अन्तिम दुई विकेट लिएपछि मंगलबार भारतले घरेलु मैदानमा दक्षिण अफ्रिकासँगको टेस्ट शृंखला ३–० ले क्लिन स्विप गरेको छ। 

राँचीमा भएको चौथो दिन भारतले १२ बलमै बाँकी दुई विकेट निकाल्दै दक्षिण अफ्रिकामाथि इनिङ र २ सय २ रनको जितसहित शृंखला ३–० ले क्लिन स्विप गरेको हो। दक्षिण अफ्रिकाविरुद्ध सहज सफलता निकालेको भारतले अस्ट्रेलियाले बनाएको लगातार १० शृंखला जितको रेकर्डलाई पछि पार्दै विश्व टेस्ट च्याम्पियनसिपमा समेत शतप्रतिशत अंक थप्न सफल भएको छ।

साथै यो सफलतापछि बलियो बनेको भारत विश्व टेस्ट च्याम्पियनसिपमा २ सय ४० अंक बटुल्दै अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। हालसम्म पाँच खेल खेलेको भारत अपराजित रहँदै शीर्षमै रहेको हो। यता, भारतसँगको तीन खेल शृंखलामध्ये दुई खेलमा इनिङसहितको हार बेहोरेको दक्षिण अफ्रिकाका लागि पछिल्ला एक दशकमै निकै खराब नतिजा बनेको छ।

भारतका कप्तान विराट कोहलीले भने यस शृंखलाको प्रदर्शन निकै उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन्। ‘यो शृंखला हाम्रा लागि निकै यादगार बन्यो,’ कोहलीले भने। उनले यस शृंखलामा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन रहेको बताएका छन्। तेस्रो खेलमा पनि बलरले पनि  राम्रो ब्याटिङ गरेपछि भारतले ४ सय ९७ रनमा ९ विकेट गुमाउँदा इनिङ समाप्तिको घोषणा गरेको थियो।

जबाफमा दक्षिण अफ्रिका पहिलो इनिङमा १ सय ६२ रनमै अलआउट भएपछि भारतका कप्तान कोहलीले पाहुना टोलीलाई फलोअल दिएका थिए। तेस्रो दिनमै दोस्रो इनिङ सुरुआत गरेको दक्षिण अफ्रिका दिन समाप्त हुँदा १ सय ३२ रनमा ८ विकेट गुमाउँदै नाजुक अवस्थामा पुगेको थियो। दक्षिण अफ्रिकाका थेउनिस डी ब्रुयने ३० रन र एनरिच नोर्जे ५ रनमा क्रिजमा रहँदा मंगलबारको चौथो दिनको खेल सुरु गरेका थिए।

तर दक्षिण अफ्रिका खातामा १ रन थपेपछि मंगलबारको बिहानी सत्रमै भारतलाई खेल सुम्पिन बाध्य भयो। यस शृंखलालाई भारतका ओपनरद्वय मायंक अग्रवाल र रोहित शर्मा, विराट कोहलीले उपलब्धिमूलक बनाए। शृंखलामा मायंक २ सय १५ रन, कोहली नटआउट २ सय ५४ रन र रोहित २ सय १२ रनको दोहोरो शतक बनाउन सफल भए।

विसाखापटनम् र पुणेमा भएका खेलमा भारतीय तीव्र गतिका बलर मोहम्मद सामी र उमेश यादव पाहुना टोलीविरुद्ध हाबी भए। राँचीमा पनि सामी र यादवले सोही किसिमको प्रदर्शन दोहो¥याउँदा दुवै इनिङमा गरेर समान १०÷१० विकेट लिए। यता, भारतसँगको लज्जास्पद हारपछि दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिस निकै निरास भएका छन्।

‘पहिलो खेल सुरु हुँदा हाम्रा खेलाडीले निकै राम्रो संकेत दिएका थिए,’ डु प्लेसिसले भने, ‘तर, हामीले धेरै गल्ती ग¥यौं। भारतजस्तो बलियो टोलीसँग चुनौती दिन सहज पनि छैन। हामी ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा राम्रो गर्न असफल भयौं।’

उनले भारतका तीव्र गतिका बलरले पनि शृंखलामा निकै राम्रो प्रदर्शन गरेको बताए। भारतले बंगलादेशसँग घरेलु मैदानमा दुई टेस्ट र तीन ट्वान्टी–२० क्रिकेट शृंखला पनि खेल्नेछ। आगामी नोभेम्बरमा सुरु हुने शृंखला बंगलादेशका खेलाडीले तलबका विषयमा गरेको आन्दोलनका कारण रोकिन सक्ने पनि अनुमान गरिएको छ।

दक्षिण अफ्रिकाविरुद्ध सहज सफलता निकालेको भारतले अस्ट्रेलियाले बनाएको लगातार १० शृंखला जितको रेकर्डलाई पछि पार्दै विश्व टेस्ट च्याम्पियनसिपमा समेत शतप्रतिशत अंक थप्न सफल भएको छ।

प्रकाशित: ६ कार्तिक २०७६ ०४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App