६ वैशाख २०८१ बिहीबार
खेल

चन्द्रागिरि गोल्ड कप कात्तिक अन्तिममा

काठमाडौं – तेस्रो संस्करणको चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिता यही कात्तिक अन्तिम साता हुने भएको छ। ‘ए’ डिभिजन क्लबले समेत सहभागिता जनाउने प्रतियोगिताको मिति आयोजक दीपशिखा युवा समूहले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। प्रतियोगिता कात्तिक ३० गतेदेखि मंसिर ७ गतेसम्म चन्द्रागिरि नगरपालिकाको नैकापस्थित नैकाप खेलमैदानमा आयोजना हुने प्रतियोगिताका संयोजक रमेश बुढाथोकीले जानकारी दिए।

प्रतियोगितामा आयोजकको दुई टोलीको सहभागिता हुनेछ। आयोजकको तर्फबाट दीपशिखा युवा समूह र चन्द्रागिरि नगरपालिकाको टोली सहभागी हुनेछन् भने त्यसबाहेक ‘ए’ डिभिजनका ८ देखि १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। तर प्रतियोगिताका लागि सहभागी टोलीको टुंगो लागिनसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

आयोजकले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउटका आधारमा प्रतिस्पर्धा गराउने जनाएको छ। प्रतियोगिताको विजेताले ६ लाख ५० हजार रुपैयाँ तथा दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ पाउनेछन्।

यस्तै सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समान ३० हजार रुपैयाँ प्रदान गरिने संयोजक बुढाथोकीले जानकारी दिए। पहिलो संस्करणमा हिमालयन शेर्पा तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन भएका थिए।

प्रकाशित: ६ कार्तिक २०७६ ०४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App