coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आयोजकलाई व्याकुल माइला गोल्ड कप

ओखलढुंगा – व्याकुल माइला गोल्ड कप फुटबलको आठौँ संस्करण आयोजक नयाँ नेपाल सरोकार समाजले जितेको छ । ज्वालामुखी युवा क्लब हर्कपुरलाई ३–१ ले पराजित गर्दै समाजले उपाधि हात पारेको हो ।

जितसँगै विजेता टोलीले  १ लाख ५० हजार रुपियाँसहित शिल्ड हात पारेको छ । यस्तै उपविजेता ज्वालामुखी युवा क्लबले ८० हजार रुपियाँ पाएको छ । समाजलाई जित दिलाउन सविन केसीले ह्याट्रिक गरेका थिए । प्रतियोगितामा दिलकर्ण उत्कृष्ट खेलाडी घोषित भए । उनले १० हजार रुपियाँ  पाए ।

उदीयमान खेलाडीको उपाधि हिलेपानी फुटबल क्लबका क्षितिज राईलाई प्रदान गरिएको छ । सर्वाधिक गोलकर्ता सविन केसी भएका छन् । उनले खेल अवधिमा आठ गोल गरेका थिए । उत्कृष्ट डिफेन्डर सुमन राई (ज्वालामुखी युवा क्लब), उत्कृष्ट गोलरक्षक जङ्गीबहादुर आले मगर (नयाँ नेपाल सरोकार समाज)लाई प्रदान गरिएको छ ।

यस्तै पहिलो पटक भएको रूपामाया स्मृति महिला फुटबल प्रतियोगितामा डिवाइसी दुर्छिम खोटाङलाई पेनाल्टीमा हराउँदै ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–३ उवुँको सौजन्य युवा क्लबले उपाधि हात पारेको छ । सौजन्यले २५ हजार नगदसहित शिल्ड पुरस्कार प्राप्त गरेको छ । उपविजेता डिवाइसी दुर्छिम खोटाङले दश हजार पुरस्कार हात पारेको छ ।

प्रकाशित: ६ कार्तिक २०७६ ०४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App