coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुरबाट ५ लाखसहित २१ जुवाडे पक्राउ

भक्तपुर– सूर्यविनायक नगरपालिका–५ पाण्डुबजारस्थित सलामसिंह लामाको घरमा जुवा खेल्दै गरेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले गएराति जुवा खेल्दै गरेका उनीहरुलाई जुवा, कौडा, तास र खालमा रहेको रु पाँच लाख १५ हजार ५०० सहित पक्राउ गरेको हो ।

तामाङको घरमा हरेक रात जुवा खेलाउने गरेको भन्ने सुराकीका आधारमा प्रहरीले मध्यरातमा छापामारी जुवाडेलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

पक्राउ परेकामध्ये आठ जनालाई नगदसहित छाडिदिएको छ । अन्य १३ जनालाई आजै जुवा ऐनअन्तर्गत मुद्दा दायर गरेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। रासस

प्रकाशित: १५ मंसिर २०७३ १४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App