सीको रुटमा मात्रैै सडक टालटुल, अन्यत्र खाल्डैखाल्डा

बुधबार, ०६ कार्तिक २०७६, ०८ : २३ श्याम राई

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण आउने भएपछि सरकारले रातारात सडक कालोपत्रे ग¥यो। रंगरोगन गरेर काठमाडौं सिंगारियो। सडक विभागले भने विदेशी पाहुना आउँदा मात्रै सडक स्तरोन्नति गर्ने नभइ दैनिक टालटुल गर्ने बताएको थियो। तर, राष्ट्रपति सी हिँड्ने रुटमा मात्रै रातारात कालोपत्रे भयो, अन्त भएन।

सी जाने रुटको तीनकुने, बानेश्वर, सुन्धारा, जमल, त्रिपुरेश्वर, सोल्टी होटललगायत सडकखण्डमा कालोपत्रे भएको छ। गौशाला, मित्रपार्क, चावहिल, पुतलीसडकलगायत क्षेत्रका सडकमा भने अहिले खाल्डैखाल्डा छन्। ती सडकमा खाल्डा पुर्न सरकारले चासो दिएको छैन।

सी जाने रुटको तीनकुने, बानेश्वर, सुन्धारा, जमल, त्रिपुरेश्वर, सोल्टी होटललगायत सडकखण्डमा कालोपत्रे भएको छ। गौशाला, मित्रपार्क, चावहिल, पुतलीसडकलगायत क्षेत्रका सडकमा भने अहिले खाल्डैखाल्डा छन्। ती सडकमा खाल्डा पुर्न सरकारले चासो दिएको छैन।

सडकमा खाल्डा हुँदा चालक र यात्रु मारमा परेका छन्। यसबाट सर्वसाधारणसमेत आक्रान्त छन्। मित्रपार्कका स्थानीय सुरेश कार्की सडकका खाल्डाखुल्डी टालटुल गर्न सरकारले बेवास्ता गरेको बताउँछन्। ‘सरकारले विदेशी पाहुना आउँदा मात्रै देखावटीको लागि सडक कालोपत्रे गर्छ। अन्य समयमा काम नै गर्दैन,’ उनी भन्छन्, ‘समयमा सडक मर्मत नहुँदा घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुन्छ।’

सरकारले मित्रपार्क, चावहिल खण्डमा सडक कालोपत्रे नगरी चिनियाँ राष्ट्रपति सी जाने रुटको सडकमा मात्रै सडक कालोपत्रे गरेको उनले गुनासो छ। ‘सी आउने भएपछि सडक विभागले रातारात सडक कालोपत्रे थाल्यो,’ उनले भने, ‘अन्य ठाउँमा पनि सडक कालोपत्रे हुने भन्ने आश गरेको थिएँ। तर, भएन।’ सडकका खाल्डाखुल्डी भएकाले यात्रुले हैरानी खेपेको उनले बताए।

विदेशी पाहुना आउँदा मात्रै सडक मर्मत हुने गरेको उनको आरोप छ। उनले भने, ‘बेलाबेलामा विदेशी पाहुना नआए त देशको विकास नै नहुने रैछ।’ सरकारले तत्काल सडकका खाल्डा कालोपत्रे गर्नुपर्ने चावहिलवासीको माग छ।

सीको भ्रमणलाई लक्षित गरेर सरकारले काठमाडौंका विभिन्न स्थानका झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मत गरेको थियो। सरकारले सीको स्वागतका लागि अपत्यारिलो सजावट देखाएपछि सरकारको चर्काे आलोचना भएको थियो।

सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले सडक टालटुल निरन्तर भइरहेको दाबी गर्छन्। ‘विदेशी पाहुना आउँदा मात्रै सडक मर्मत हुने होइन, सडक मर्मत नियमित योजनामै छ,’ उनी भन्छन्।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले वर्षात्का कारण सडकको खाल्डा पुर्न योजना कार्यान्वयनमा समस्या भइरहेको बताउँछन्। ‘हाम्रो क्षेत्रभित्रको सडक टालटुल गर्न टेन्डर भइसकेको छ,’ उनले भने, ‘वर्षात्को सिजन पनि सकिएकाले अब सडक मर्मतको काम थाल्छौं।’ उनका अनुसार महानगरभित्रका सबै सडक मर्मतका लागि पाँच करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ।







यसमा तपाईको मत

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad