coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

स्वतन्त्र व्यक्तिलाई आयोगमा नियुक्त गर : कांग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसहितका अन्य संबैधानीक अंगहरुको नियुक्ति सहमतिबाटै गर्नुपर्नेमा जोड दिएको छ । देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको कांग्रेस पदाधिकारीको बैठकले संवैधानीक परिषद् सरकारको नियकाय नभएर स्वतन्त्र अंग भएको जनाउँदै त्यसका निर्णय पक्ष र प्रतिपक्षी नभएर सहमतिबाटै गर्नुपर्नेमा जोड दिएको हो ।

संवैधानिी परिषद्लाई सरकारको अंग जस्तो बनाउन खोजिएको भन्दै कांग्रेसले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसहितका संवैधानिक अंगमा स्वतन्त्र व्यक्ति ल्याउनुपर्नेमा जोड दिएको छ । ‘सवैधानिक परिषद् स्वतन्त्र निकाय हो । यो सरकारले जे भन्यो वा गर्न खोज्यो त्यही गर्ने निकाय होइन,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘यसको निर्णय स्वतन्त्र र निष्पक्ष रूपमै गर्नुपर्छ ।’

संक्रमणकालीन न्याय टुंगो लगाउन गठन गर्नुपर्ने दुई आयोगसहितका सवैधानिक निकायमा स्वतन्त्र निर्णय र कार्य सम्पादन गर्नसक्ने व्यक्ति नयुक्त गर्नुपर्ने कांग्रेस बुझाइ छ । ‘पार्टीकरण गर्ने, सरकरालेमा बसेकाले जे भन्यो त्यही गर्ने व्यक्ति होइन, स्वतन्त्र रूपमा कार्य सम्पादन गर्ने व्यक्ति ल्याउनुपर्छ,’ महतले भने, ‘इन्टिग्रिटी भएको व्यक्तिलाई ल्याउनुपर्छ ।’

प्रधानमन्त्री केपी ओलीसहितका सत्तारुढ दलले दलनिकट व्यक्तिलाई आयोग र संवैधानिक निकायमा नियुक्ति गर्न खोजेको कांग्रेस बुझाइ छ । प्रधानमन्त्री ओलीले मंगलबार संबैधानीक परिषद बैठक राख्ने तयारी गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठककैबीचबाट प्रधानमन्त्रीलाई टेलिफोन गरेका थिए ।

सभापति देउवाले स्वतन्त्र व्यक्तिलाई आयोगहरुमा नियुक्ती गर्न दलीय रंग नदिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । संबैधानीक परिषदलाई सरकारको अंग नबनाउन आग्रह गर्दै पक्ष र प्रतिपक्षीका रूपमा नभएर सहमतिबाट अघि बढ्न आग्रह गरेका थिए । संवैधानक परिषद्का सदस्यसमेत रहेका देउवाले एकलौटी ढंगबाट अघि नबढ्न गरेको आग्रहपछि मंगलबार बोलाइएको परिषद् बैठक स्थागित भएको छ ।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सभापति देउवाको टेलिफोनपछि मंगलबारका लागि तय भएको संवैधानिक परिषद् बैठक प्रधानमन्त्री ओलीले आफ्नो विदेश भ्रमणपछि मात्र राख्ने जवाफ दिएको जानकारी दिए ।

प्रधानमन्त्री ओली असंलग्न राष्ट्रका प्रमुखको १८ औं शिखर सम्मेलनमा सहभागी हुन बिहीबार अजरबैजान जाँदैछन् । त्यसअघि सोमबार प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेतासँग द्वन्द्वकालीन मुद्दा छिटो टुंग्याउन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठनका विषयमा छलफल गरेका थिए । आयोग सात महिनादेखि पदाधिकारीविहीन छ ।

प्रकाशित: ६ कार्तिक २०७६ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App