खानेपानी पाइप मर्मतका लागि सेना परिचालन

मङ्गलबार, ०५ कार्तिक २०७६, १८ : ५९ नागरिक

गलकोट- बागलुङ बजारमा वितरण भइरहेको खानेपानी पहिरोका कारण अनियमित भएपछि सेनाको सहयोगमा मर्मत कार्य सुरु गरिएको छ। गत असोजको वर्षाले बागलुङ नगरपालिका–३ बोक्सेमा गएको पहिराले बागलुङ बजारमा आउने खानेपानीको पाइप बगाएपछि खानेपानीको आपूर्ति नियमित हुन सकेको छैन।

ठूलो पहिरो भएका कारण तत्कालै मर्मत कार्य गरे पनि पटकपटक पाइप फुट्न थालेपछि व्यवस्थित तरिकाले मर्मत थालिएको हो। मर्मतमा लागि २३ नम्बर सैनिक अड्डा सेराडिल ब्यारेक बागलुङमा रहेका नेपाली सेनाको सहयोग ल्याइएको बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले जानकारी दिए।

कर्मचारीले मात्र ठूलो काम गर्न समय लाग्ने भएका कारण सेनाको सहयोग मागिएको खानेपानी उपभोक्ता संस्थाले जनाएको छ। पहिरोले पानीको पाइप बगाउँदा बजार क्षेत्रभित्र पर्याप्त पिउने पानी उपलब्ध गराउन समस्या हुँदै आएको उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए।

रेशबाट ल्याइएको पानीको पाइप पहिरोका कारण पटकपटक बगाएपछि त्यसलाई दीर्घकालीन व्यवस्थापनका लागि सेना परिचालन गरिएको श्रेष्ठले बताए। 'नेपाली सेनाको सहयोगबाट पहिरोग्रस्त क्षेत्रमा ढुङ्गा लैजाने, ग्याबिन चिन्ने काम भइरहेको छ', प्रबन्धक शर्माले भने, 'नेपाली सेनाले हामीलाई पटकपटक अप्ठ्यारो पर्दा सहयोग गर्दै आएको छ।'

एक हप्ता अगाडि नेपाली सेनाको १५ जनाको टोलीले उक्त स्थानमा सहयोग गरेको थियो भने मङ्गलबार १७ जनाको समूहले सहयोग गरेको शर्माले जानकारी दिए। शर्माका अनुसार आवश्यकताअनुसार सेनाको सहयोग लिइरहने बताए।

काठेखोला गाउँपालिका–७ रेशबाट बागलुङ बजारमा पिउनका लागि पानी ल्याइएको छ। मर्मत कार्य तदारुकताका साथ भइरहेको र केही दिनभित्र काम सम्पन्न हुने संस्थाले जनाएको छ। बागलुङ बजार क्षेत्रभित्र रिठेखोला मुहान, रेश खोला मुहान र भुदी खोला मुहानबाट पिउनका लागि पानी ल्याइँदै आएको हो।

अहिले रिठेखोलाबाट ३.५ लिटर प्रतिसेकेण्ड, रेशबाट १७ लिटर प्रतिसेकेण्ड र भुदीबाट १७ लिटर प्रतिसेकेण्ड पानी दैनिक आउने गरेको छ। अहिले तीनवटा मुहानबाट ल्याइएको पानी अपुग भएपछि काठेखोलाको लिफ्टमार्फत बागलुङ बजारमा ल्याउने कार्य धमाधम भइरहेको छ। रासस








यसमा तपाईको मत

अन्य समाचार

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...

वेत्रावतीमा टिम्स चेकपोस्ट

वेत्रावतीमा टिम्स चेकपोस्ट

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...

दराजमा १२.१२ सेलको पालो

दराजमा १२.१२ सेलको पालो

नेपालको बृहत्तर अनलाइन सपिङ गन्तव्य दराजले दराज १२.१२ घोषणा गरेको छ । ...

Ncell Footer Ad