क्यानडामा प्रधानमन्त्री ट्रुडो विजयी, तर बहुमत गुमाए

मङ्गलबार, ०५ कार्तिक २०७६, १६ : ३७ नागरिक

ओट्टावा– क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न असफल भएको छ।

संसदमा सबैभन्दा ठूलो दल भएका कारण प्रधानमन्त्री जस्टिनले नै सरकार गठनका बारेमा साना दलहरुसँग छलफल थालेका छन्।

मतगणना अन्तिम अवस्थामा रहँदा संसदको कूल ३ सय ३८ स्थानमध्ये जस्टिनको दलले १५६ स्थानमा विजयी हुने देखिएको छ भने मुख्य विपक्षी एन्ड्रु सियरको कन्जरभेटिभ्सले १२२ स्थान जित्नेछ।

मंगलबार बिहानैदेखि प्रधानमन्त्री जस्टिनले नयाँ सरकार गठनका लागि साना दलसँग सहमति जुटाउने प्रयास थालेका छन्।
प्रधानमन्त्री जस्टिनले सोमबार मतदान सकिएलगत्तै समर्थकहरुलाई सम्बोधन गर्दै क्यानाडाली जनताले विभाजन र सरकारी अनुदानमाथिको निर्भरतालाई अस्वीकार गरेको बताए। उनले क्यानडाका जनताले प्रगतिशील एजेन्डा र जलवायू परिवर्तन सम्बन्धी सरकारका बलिया योजनालाई खुलेर समर्थन प्राप्त भएको बताए।

उनले क्युबेक, सास्काचेवान र अल्बर्टाका जनताका निराशालाई सरकारले अवश्य ध्यान दिनेछ भने।

हाल ४७ वर्ष पुगेका प्रधानमन्त्री जस्टिनमाथि ४० दिने चुनावी प्रचारका क्रममा मतदाताले चार वर्षे पहिलो कार्यकाल र आगामी दिनका योजनाका बारेमा अनेक प्रश्न गरेका थिए। उनले क्यानडाको इतिहासमै यस पटकको चुनावी अभियान 'असाध्यै घिनलाग्दो र निम्नस्तरको' भन्दै यसमा सुधार आवश्यक छ भने।

चुनावी प्रचारका क्रममा प्रधानमन्त्री जस्टिन र विपक्षी नेता सियरबीच एकअर्का विरुद्ध तिखा व्यङ्ग्य प्रहार भएका थिए। एएफपी







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad