७ वैशाख २०८१ शुक्रबार
खेल

महिला क्रिकेटः क्याट क्विन्स फाइनलमा

काठमाडौं– क्याट क्विन्स काठमाडौं वुमन्स च्याम्पियन्स लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

काठमाडौंको कीर्तिपुर खेल मैदानमा मंगलबार भएको खेलमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै क्याट क्विन्स काठमाडौं फाइनलमा प्रवेश गरेको हो। अब आगामी विहीबार हुने खेलमा क्याट क्विन्स काठमाडौंले चितवन राइनोजसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। विराटनगर टाईटन्स भने प्रतियोगिताबाट बाहिरिएको छ। विराटनगर टाईटन्सले दिएको ६९ रनको सामान्य लक्ष्य क्याट क्विन्स काठमाडौंले ९ ओभर ५ बलमा मात्र विकेट गुमाएर पूरा गर्यो।

काठमाडौंका लागि कप्तान रुविना क्षेत्रीले अविजित ३४ रन जोड्दा अप्सरी बेगमले ३७ रनको योगदान गरेकी थिइन। विराटनगरलाई समेटन काठमाडौंकी कप्तान रुविना क्षेत्रीले ४ विकेट लिएकी थिइन। प्रतियोगिताको बिजेता टोलीले ७ लाख नगदसहितको पुरस्कार पाउनेछ।

प्रकाशित: ५ कार्तिक २०७६ १०:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App