coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

८० हजार नगदसहित ११ जुवाडे पक्राउ

काठमाडौं– प्रहरीले राजधानीमा ११ जुवाडेलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार कालिमाटीबाट ६ जना र तार्केश्वरको पैँयुटारबाट ५ जनालाई सोमबार नगद ८० हजारसहित नियन्त्रणमा लिइएको हो। 

पैँयुटारमा रामेश्वर बोगटीको घरमा जुवातास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले छापा मारी नगद  ४९ हजार ३ सय रूपैयाँ र ६ बुक बरामद गरेको छ। साथै घरधनी बोगटीसहित ५ जनालाई नियन्त्रणमा लिएको हो। 

यसैगरी कामपा १३ कालिमाटीस्थित अर्जुन तामाङको घरमा तास खेलिरहेको अवस्थामा प्रहरी वृत्त कालीमाटीको टोलीले नगद ३१ हजारबढी रूपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घरधनी तामाङसमेत रहेका छन्। 

प्रकाशित: ५ कार्तिक २०७६ ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App