काठमाडौं - गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ। तिहारको अवसरमा सार्वजनिक ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतमा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका थापालाई प्रहरीले मंगलबार काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो।
उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो। महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल कुमार थापाले जानकारी दिए।
प्रकाशित: ५ कार्तिक २०७६ ०६:५६ मंगलबार