coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेसको समस्या संसदबाटै समाधान गर्नुपर्छः पूर्व राष्ट्रपति यादव

सर्लाही– पूर्व राष्ट्रपति डा. रामवरण यादवले व्यवस्थापिका संसदबाटै संविधानप्रतिको असन्तुष्टि सम्बोधन गर्नुपर्ने बताएका छन्।  मधेसी दलले उठाउँदै आएका मागलाई संसदबाटै समाधान गर्नुपर्नेमा यादवले जोड दिए। ‘पटक–पटकको परिवर्तन गुमेको नेपालमा संसदबाटै समस्या समाधान नभए ठुलो दुर्घटना हुन सक्छ,’ यादवले भने, ‘मधेसी दलले बाटो छोड्नु हुँदैन, बाटो परिवर्तन गरे पाएको उपलब्धि गुम्न सक्छ ।’
सर्लाही क्यम्पसले आयोजना गरेको मलंगवा धार्मिक महोत्सवको उद्घाट गर्दै  यादवले सबै राजनीति दल मिलेर संविधान संशोधनमार्फत समस्याको समाधान गर्नुपर्ने बताए। ‘जनताका प्रतिनिधिले लेखेको संविधान पिडादायी अवस्थामा आफैंले जारी गरेपनि  संविधानमा सुधारको ठाँउ छ, लडाइको ठाँउ छ, वादविवादको ठाँउ छ,’ यादवले भने, ‘संवैधानिक व्यवस्थाले बाँधेको बन्धनको बीचबाट जारी गरेको संविधानमा त्रुटि पनि हुनसक्छ । तर, त्रुटि सुधार गर्न सकिन्छ । सम्पूर्ण भूभाग जोडने संविधानकालागि सताधारी दलले निकास निकाल्नु पर्छ ।’
संविधानमा हिमाल, पहाड र तराइ बासिलाई जोडने गरी पुर्नसंरचना वैज्ञानिक तरिकाले नगरी कोही पश्चिम अखण्ड, कोही पूर्व अखण्ड, कोही तराईसँग पहाड, पहाडसँग तराई जोडन नमिल्ने गरी संविधान आउँदा कार्यान्वयमा समस्या भएको उनको भनाइ थियो। पछिल्लो समय तराईमा शिक्षा स्तर खस्किएको प्रति यादवले चिन्ता व्यक्त गरे। नेपालमा ठोस सिस्टम नहुँदा शिक्षा, विकास र आर्थिक अवस्था कमजोर भएको उनको भनाइ थियो।
शैक्षिक स्तर उन्नतीका लागि सर्लाही क्याम्पसले आयोजना गरेको मलंगवा धार्मिक महोत्स ०७३ सात दिनसम्म चलने छ। कार्यक्रममा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमलोपाका महामन्त्री जंगिलला रायले क्याम्सको सहयोगका लागि बचन दिए।

प्रकाशित: १५ मंसिर २०७३ ११:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App