१८ करोड हिनामिना प्रकरण

५६ जनाको जम्बो टोली अपचलनमा संलग्न

मङ्गलबार, ०५ कार्तिक २०७६, ०९ : ०० देवेन्द्र बस्नेत

दाङ – नारायणपुरस्थित देवः विकास बैंकको १८ करोड रकम हिहिनामिना प्रकरणमा बैंक सञ्चालक तथा सिइओकै मुख्य हात रहेको खुलेको छ। उनीहरूसहित यो प्रकरणमा ५६ जनाको जम्बो टोली संलग्न रहेको प्रहरी अनुसन्धानमा देखिएको छ। हिनामिना प्रकरणमा संलग्न देखिएका ५६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। बैंकको मोटो रकम हिनामिना प्रकरणमा घटना बाहिर आएको दुई महिनापछि उच्चअदालत तुलसीपुरमा संलग्न देखिएका ५६ जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता गरिएको हो।

सो बैंकको १७ करोड ९९ लाख ९० हजार रूपैयाँ हिनामिना भएको भन्दै उजुरी परेपछि प्रहरीले उक्त बैंकका शाखा प्रबन्धक समीर बुढाथोकीलाई नियन्त्रणमा लिएको थियो। बैंक म्यानेजर बुढाथोकीसँगको दुई महिना लामो अनुसन्धानपछि प्रहरीले यो प्रकरणमा ५६ जना प्रत्यक्ष संलग्न रहेको निष्कर्ष निकालेको हो।

यो प्रकरणबारे प्रहरीले यो अवधिमा ६५ जनामाथि अनुसन्धान गरेको थियो। अनुसन्धानको घेरामा परेका ६५ मध्ये नौजना भने घटनामा संलग्न नदेखिएकाले उनीहरूलाई छोडिएको थियो। ‘हामीले यो घटना बाहिर आएपछि ६५ जनामाथि अनुसन्धान ग-यौं,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजन गौतमले भने, ‘६५ मध्ये ५६ जना यो प्रकरणमा संलग्न भएको देखियो। ती ५६ जनाविरुद्ध नै मुद्दा दर्ता गरिएको छ।’

मुद्दा दर्ता गरिएकामध्ये बैंकको रकम हिनामिना प्रकरणका मुख्य व्यक्ति बैंक म्यानेजर समीरसहित १३ जनामात्रै प्रहरी नियन्त्रणमा छन्। अन्य सबै प्रहरीको फरार सूचीमा छन्।

घोराही केन्द्रीय कार्यालय रहेको वेस्टर्न डेभलपमेन्ट बैंक देवः विकास बैंकमा मर्ज भएपछि बैंकको रकम हिनामिना भएको देखिएको थियो। वेस्टर्न बैंकमा रहेकै बेला म्यानेजर बुढाथोकीले बैंकको रकम हिनामिना गर्न थालेको प्रहरी अनुसन्धानमा देखिएको छ। वेस्टर्नको हिसाबकिताब पारदर्शी नदेखिएपछि देवः विकास बैंकले रकम हिनामिना गरिएको भन्दै म्यानेजर बुढाथोकीविरुद्ध प्रहरीमा उजुरी दिएको थियो।

बुढाथोकीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले यो प्रकरणमा बैंकका सिइओ तथा बैंक सञ्चालकहरू स्वयं नै दोषी देखिएको बताएको छ। प्रहरीका अनुसार यो प्रकरणमा बैंक प्रबन्धक, सिइओ, ६ जना सञ्चालक, सातजना कर्मचारी दोषी देखिएका छन्। १८ करोड रकम प्रयोग गर्नेमा उनीहरूसहित अन्य ४३ जना छन्। हिनामिना भएको रकम प्रयोगकर्ताहरू सबैविरुद्ध बैंकिङ कसुर ऐनअन्तर्गत मुद्दा चलाइएको छ।

प्रहरीका अनुसार बैंकका सञ्चालक तथा सिइओले नक्कली ऋणी खडा गरेर प्रबन्धक समीरलाई बैंकको करोडौं रकम निकासा गर्न उकासेको देखिएको छ। यसरी आएको रकम पुनः उनीहरूसम्मै पुगेको पनि प्रहरी अनुसन्धानले देखाएको छ। बैंक सञ्चालक र कर्मचारीबाहेक मुद्दा चलाइएका अन्य ४३ जना भने खातावाला सर्वसाधारण हुन्, उनीहरूले त्यो १८ करोड रकम आफ्नो खातामार्फत प्रयोग गरेको देखिएको छ।

हिनामिना भएको रकमको स्रोत पत्ता लगाइसकिएको प्रहरीले जनाएको छ। उक्त रकम कुनकुन व्यक्तिको हातमा परेको हो ? भन्ने बारेमा सबै खुलिसकेको प्रहरी निरीक्षक गौतमले जानकारी दिए। ‘हिनामिना भएको रकम कहाँ ककसको हातमा पुगेको छ भन्ने कुरा सबै खुलिसकेको छ,’ उनले भने, ‘तर उनीहरूले त्यो रकम कहाँ कुन प्रयोजनमा खर्च गरेका छन् ? भन्ने बारेमा त आरोपित सबै पक्राउ परेपछि मात्रै खुल्नेछ।’







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad