८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चिलीमा सरकार विरोधी प्रदर्शन जारी, १० जनाको मृत्य

सान्टियागो – चिलीमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा राजधानी सान्टियागोमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ कानुन व्यवस्थामा चुनौती देखिएसँगै सरकारले २४ घण्टे निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरेको बताइएको छ।

राजधानी सान्टियागोको एक सुपरमार्केटमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको हिंसात्मक झडपका कारण तीन जनाको मृत्यु भएपछि निषेधाज्ञा लगाइएको अधिकारीहरुले बताएका छन्।

राजधानी सान्टियागोको एक सुपरमार्केटमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको हिंसात्मक झडपका कारण तीन जनाको मृत्यु भएपछि निषेधाज्ञा लगाइएको अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

मेट्रोको भाडा वृद्धिको विरोधबाट सुरु भएको प्रदर्शन हाल चिलीमा बढेको असमानता र दैनिक जीवन कष्टकर हुँदै गएको विरोधमा केन्द्रित भएको छ।

प्रहरीले हालसम्म लुटपाट र अन्य गम्भीर अपराधको आरोपमा सातसय भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। माध्यमिक तहमा पढ्ने विद्यार्थीहरुले राष्ट्रपति सेबास्टियन पिनेरालाई सार्वजनिक यातायातको भाडा वृद्धि फिर्ता लिन आग्रह गर्दै विरोध प्रदर्शन सुरु गरेका थिए। तर यो प्रदर्शनले पछिल्ला दिनमा उग्ररुप लिएको छ र प्रदर्शन देशव्यापी हुन थालेको छ

राजधानी सान्टियागोमा कम्तीमा पाँच वटा भूमिगत स्टेसन र बसहरुमा आगजनी गरिएको छ भने उग्र प्रदर्शनकारीले सुपरमार्केट र फार्मेसी पसलमा लुटपाट गरेका छन्। धेरैवटा समूहले सोमबारका लागि राष्ट्रव्यापी आमहडताल आह्वान गरेका थिए।

राष्ट्रपति पिनेराले शनिबार सवारी साधनको भाडा वृद्धि फिर्ता लिने घोषणा गरे पनि प्रदर्शन रोकिएका छैनन्। सन् १९९० मा चिलीमा लोकतन्त्रको पुनर्वहाली भएपछि सरकारको विरोधमा यो सबैभन्दा ठूलो हिंसात्मक प्रदर्शन भएको हो।

प्रकाशित: ५ कार्तिक २०७६ ०२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App