coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पिपिएलको मिति सर्‍यो

काठमाडौं –क्विन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा कात्तिक अन्तिम साताबाट सुरु हुने भनिएको पोखरा प्रिमियर लिग (पिपिएल) को दोस्रो संस्करण सरेको छ ।

क्विन्स इभेन्ट म्यानेजमेन्टले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालमा आयोजना हुने १३औं साफ, इङ्ल्यान्डको मेरिलिबन क्रिकेट क्लब (एमसिसी) र यु –१९ टोलीको भारत भ्रमणका कारण प्रतियोगिता एक महिना पछि सरेको जनाएको हो । १३आंै साग मंसिर १५ बाट २४ गतेसम्म हुनेछ । यता एमसिसीले कात्तिक २६ मा नेपालको भ्रमण गर्र्दै छ । प्रतियोगिता मंसिर २८ देखि पुस १२ सम्म सञ्चालन हुनेछ ।

पोखरा क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा पोखरा पल्टन, विराटनगर टाइटन्स, चितवन राइनोज, काठमाडौैं रोयल्स, बुटवल ब्लास्टर र एक्सपर्ट धनगढीको सहभागिता रहनेछ । प्रतियोगिताको पहिलो संस्करणमा पोखाराले चितवनलाई पराजित गर्दै उपाधि जितेको थियो ।

प्रकाशित: ५ कार्तिक २०७६ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App