coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोसी अञ्चल अस्पताल क्षेत्र तनावग्रस्त

विराटनगर-चिकित्सकको लापरबाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गरेपछि विराटनगरस्थित कोसी अञ्चल अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ । यही मङ्सिर १२ गते भर्ना भएकी विराटनगर–११ स्थित हाटखोला बस्ने २२ वर्षीया कमला लुइँटेल, अधिकारीकोे १३ गते शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियाको क्रममा नशा काटिएकाले अत्यधिक रक्तस्राव र दुखाइको कारण उनको मृत्यु भएको पीडित परिवारको आरोप छ ।
हिजो मङ्गलबार सुत्केरीको अवस्था जटिल भएपछि अस्पतालले थप धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाएकामा हिजो साँझ उपचार गर्दै गर्दा उनको मृत्यु भएको मृतकका बाबु नवराज लुइँटेलले जानकारी दिए।

कोसी अञ्चल अस्पतालका शल्यक्रियामा संलग्न चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएकाले आवश्यक कारबाही र क्षतिपूर्तिको माग राखी पीडित परिवारले आज बिहानदेखि अस्पतालको परिसरमा शव राखेर कारबाहीको माग गरिरहेका छन् ।

दुवै मृगौंला खराब भएकाले बिरामीको मृत्यु भएको धरानका चिकित्सकले बताए पनि यसअघि कुनै पनि समस्या नभएको बिरामीको मिर्गौला खराब हुनुमा चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाही रहेको मृतकका आफ्न्तको भनाइ छ । सो घटनाको सम्बन्धमा स्थानीय प्रशासनको उपस्थितिमा अस्पताल र पीडित पक्षबीच छलफल भइरहेको र नवजात शिशुको अवस्था पनि सामान्य रहेको बताइएको छ । रासस

प्रकाशित: १५ मंसिर २०७३ ०९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App