८ वैशाख २०८१ शनिबार
कला

दुर्गेशविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं - गायक दुर्गेश थापाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ। तिहारलाई लक्षित गरेर सार्वजनिक गरेको ह्याप्पी तिहारु गीतलाई लिएर उनीविरुद्ध उजुरी परेको थियो। महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेपछि प्रहरीले उनलाई छलफलका लागि बोलाएको थियो।

गीतले तिहारको भावलाई असर गरेको भन्दै उजुरी परेको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाले बताए। ‘गीतले समाजमा असर गरेपछि जिल्ला प्रशासन कार्यालयबाट हामीलाई पात्रचार गरिएको थियो। हामीले यस गीतका गायकलाई छलफलका लागि बोलाएका छौं,’ उनले भने।

सांगीतिक कार्यक्रमको क्रममा हाल झापामा रहेका गायक थापा छलफलका लागि टेकु पुग्न हतारिएका छन्। ुह्याप्पी तिहारु गीतका शब्दलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। ‘मलाई आज महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुबाट फोन आएको थियो। प्रहरीले गीतमाथि उजुरी गरेपछि छलफलमा बोलाएको बताए।

कार्यक्रम सकेर छलफलको निम्ति टेकु पुग्छु। मनोरञ्जनात्मक गीतले कसैलाई असर गरेको भए शब्द परिवर्तन गर्न तयार छु,’ उनले भने।यसअघि गायक थापाले ‘छ माया छपक्कै’ फिल्मको लागि गाएको ‘बिच बिच्चमा’ गीत विवादमा परेको थियो।

प्रकाशित: ५ कार्तिक २०७६ ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App