८ वैशाख २०८१ शनिबार
राजनीति

संशोधन प्रस्तावको विरोधमा संसद अबरुद्ध पार्ने एमाले निर्णय

संसद भवन नयाँ बानेश्वरमा बसेकाे संसदीय दलकाे बैठकमा सहभागी एमाले सांसदहरू। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं– प्रमुख प्रतिपक्ष एमालेले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावले मुलुक ध्वस्त पार्ने निष्कर्ष निकाल्दै भोलिदेखि व्यवस्थापिका संसद बैठक अबरुद्ध पार्ने निर्णय गरेको छ। बुधबार संसद भवन नयाँ बाेश्वरमा बसेको बैठकले संविधान संशोधन प्रस्तावको आधार र औचित्य पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै संविधान संशोधन आवश्यक नरहेको निष्कर्ष निकालेको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए। गौतमले भोलिदेखि व्यवस्थापिका संसद बैठक अबरुद्ध पार्नसमेत आफ्ना सांसदहरुलाई निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

‘यो संशोधन प्रस्तावको आधार र औचित्य पुष्टि हुन सकेको छैन,’ गौतमले भने,‘यसले संविधानको उल्लघंनमात्र गरेको छैन,मुलुक नै ध्वस्त हुने गरी ल्याइएको छ।’
एमालेले संविधाव संशोधनको आधार र औचित्य पुष्टि गर्न यसअघि सरकारलाई आग्रह गर्दै आएको थियो। तर सरकारले मंगलबार राति संशोधन प्रस्ताव दर्ता गराएपछि एमाले संसदीय दलको बैठकले औपचारिक धारणा सार्वजनिक गरेको हो। एमालेले कुनै पनि हालतमा संशोधन प्रस्ताव पारित हुन नदिने रणनीति अपनाउने भएको छ।

एमाले संसदीय दलका उपनेता सुवाश नेम्वाङले प्रदेश सभा गठन भएको अवस्थामा रुपान्तरित संसदले  संविधान संशोधन गर्न नसक्ने बताए। उनले सरकारले सर्वोच्च अदालतको अपहेलना  गरेकोसमेत आरोप लगाए। संविधान संशोधन प्रस्तावको विरोधमा पश्चिम नेपालका जिल्लामा बुधबार विहानैदेखि आन्दोलन सुरु भएको छ। गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठानलगायतका जिल्ला बन्दको आह्वानसमेत गरिएको छ।

प्रकाशित: १५ मंसिर २०७३ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App