coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संविधान संशोधन प्रस्तावबारे राजेन्द्र महतोले मुख खोले

सन्तोष सिंह

सर्लाही- सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई कबजियतले भरिएको संज्ञा दिएका छन्।  सर्लाहीको मलंगवामा सर्लाही क्याम्पसको श्रीमदभागवत कार्यक्रम सम्बोधन गर्दै महतोले संशोधन प्रस्ताव कब्जियतको सिकार भएको बताए।

संसदमा मंगलबार साँझ दर्ता भएको प्रसातवमा त्रुटी रहेको बताउँदै महतोले भने,‘कब्जियतका कारण आधि अधिकार बाहिर आएपनि आधि भित्रै बाँकि रह्यो।’ 'मेची महाकाली मधेस थरुहट प्रदेश दिने कुरा थियो , उनले भने ‘ नवलपरासी, कञ्चनपुर, कैलाली भित्रबाट निस्कीयो तर कब्जियतको सिकार भएका कारण कञ्चनपुर कैलाली मधेस थरुहटमा राखिएन।’ संशोधन प्रस्तावमा केहि प्रयास भएपनि आन्दोलनको माग पुरा नभएको महतोले बताए।

सरकार बनाउने बेलामा लिखत सहमति गरेको सरकार तीन महिना आज भोली गर्दै बिताएको महतोले आरोप लगाए। तीन दल संविधान बनाएर लवारिस छोडेको उनले आरोप लगाए। अवश्यक संशोधन बिना कार्यान्वयन हुननसक्ने महतोको भनाई छ।

अधिकारमा कटौति गरेर ल्याइएको संविधान संशोधन बिना कार्यान्वयन नहुने महतोले बताए।

प्रकाशित: १५ मंसिर २०७३ ०८:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App