coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्तावकाे बुटवलमा चर्को विरोध

पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्तावकाे विराेधमा प्रदर्शन गर्दै बुटवलबासी।

बुटवल–संसदमा पाँच नम्बर प्रदेश टुक्र्याउने गरी संशोधन प्रस्ताव दर्ता भएपछि चर्को विरोध भएको छ। बुधबार बिहानैदेखि विद्यार्थीहरुले ठाउँ ठाउँमा प्रर्दशन गरेका छन्। लुम्विनी बाणिज्य क्याम्पस, बुटवल  बहुमुखी क्याम्पसका विभिन्न विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन्। टायर बालेर चक्काजाम गरेका छन्।

विद्याथीहरुले हिमाल पहाड तराई कोही छैन पराई, प्रदेश टुक्रयाउन पाइदैन भन्दै सरकार विरुद्ध चर्का नारा लगाएका छन्। सडकबाट प्रतिरोध गरेर संशोधन प्रस्ताव असफल पार्ने अनेरास्ववियुका जिल्ला अध्यक्ष बालकृष्ण पाण्डेले बताए । विद्यार्थीहरुले विहानै देखि आन्दोलन गरेपछि विद्यालय पनि आंशिक खुलेका छन् ।  स्कुल बस चल्न नसकेपछि विद्यालय नियमित चल्न नसकेका हुन्। विद्यार्थीको आन्दोलनले बुटवल बजार पनि आंशिक खुलेको छ ।

यसैबीच माओवादी केन्द्रका नेता एंव पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पाँच नम्बर टुक्र्याउने गरी आएको संविधान संशोधन प्रस्तावको सदन र सडकबाट सशक्त प्रतिरोध गरेर असफल पार्ने बताएका छन्।

‘हामी पार्टी र  क्षणिक स्वार्थबाट माथिबाट उठेर राष्ट्र र जनताको पक्षमा निर्णय गर्छौं, टुक्र्याउन हुन्न भन्ने जनताको आवाजमा हाम्रो साथ छ,’ अर्घाखाची क्षेत्र नम्बर २ का सांसद समेत रहेका नेता रायमाझीले नागरिकन्युजसँग कुरा गर्दै भने ।

सदन र सडकमा कसरी  जाने भन्ने बारेमा १७ गते ११ बजे प्रदेशका सबै पार्टीका सांसद, नेताहरुको बैठक राखिएको उनले जानकारी दिए । यही बैठकले भावी आन्दोलनको स्वरुप निर्धारण गर्ने उनको भनाइ छ ।

संविधान संशोधन प्रस्ताव पार्टीको नभई सरकारको भएको उनले बताए । नेता रायमाझीले सरकारले दर्ता गरेको प्रस्ताव पार्टीमा निर्णय भएर नगरेको स्पष्ट पारे । ‘पार्टीमा जानकारी भएको हो, निर्णय भएको छैन । पार्टीको तल्लो पंक्ति सिमाङकन हेरफेर गर्नुहुदैन भन्नेमा एकमत छ,’ उनले भने । कसैको स्वार्थ पूरा गर्न शान्त र व्यवस्थित पाँच नम्बर प्रदेश टुक्र्याउन लागिएको नेता रायमाझीले बताए । ‘कसैको स्वार्थ नहेरौं, मुलुकको स्वार्थ हेरौं,’ उनले भने ।

 

प्रकाशित: १५ मंसिर २०७३ ०६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App